मेहताको अभिव्यक्तिबारे स्पष्ट पार्न अध्यक्ष प्रचण्डको आग्रह

५ जेष्ठ २०६९, शुक्रबार १७:४१ मा प्रकाशित

काठमाडौ, ५ जेठ । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका कर्मचारी एस डी मेहताले दिएको अभिव्यक्ति बारे स्पष्ट पार्न नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादलाई आग्रह गर्नुभएको छ । अध्यक्ष प्रचण्डले आज राजदूत जयन्त प्रसादलाई आफ्नै निवास लाजिम्पाटमा बोलाएर भारतीय कर्मचारी मेहताले नेपालको आन्तरिक मामलामा किन चासो राख्नुभएको हो । त्यसबारे स्पष्ट पार्न अनुरोध गर्नुभएको प्रचण्डका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो । त्यस अवसरमा राजदूत जयन्त प्रसादले महावाणिज्य दूतावासका कर्मचारीले के भनेको भन्ने बारेमो बुझेर जानकारी गराउने बताउनु भएको पनि खकुरेलले बताउनुभयो । मेहताले स्थानीय राजनीतिक दलका नेतालाई बोलाएर समग्र मधेस एक प्रदेश बनाउनुपर्ने र त्यसको लागि आन्दोलन गर्न भन्दै उक्साएको समाचार सार्वजनिक भएपछि सर्वत्र विरोध र निन्दा भइरहेको छ ।
यस्तै राष्ट्रिय जनशक्ति पार्टी संसदीय दलका नेता डा प्रकाशचन्द्र लोहनीले वीरगन्जमा रहेका भारतीय कूटनीतिज्ञले विभिन्न राजनीतिक दललाई बोलाई ‘आन्दोलनको हुरी’ ल्याउन र राजनीतिक दलहरुको सहमति भताभुङ्ग पार्न दिएको निर्देशन नेपालको आन्तरिक मामिलामा ठाडो हस्तक्षेपको रुपमा देखापरेको भन्दै त्यसको भत्र्सना गर्नुभएको छ । आज जारी गर्नुभएको विज्ञप्तिमा ‘नेपालमा परिवर्तनको यो ऐतिहासिक घडीमा हामी मित्र राष्ट्रहरुबाट सद्भावको अपेक्षा गर्दछौँ तर नेपालभित्रका राजनीतिक दलहरुबीच असमझदारी बढाउने र अराजकता तथा आन्दोलन उक्साउने प्रयास गरिएको हो भने त्यो भारत तथा नेपाल दुवै देश र जनताको अहितमा हुने स्पष्ट छ’ भन्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बागलुङ । उद्यान उद्यानझैँ छैन भने, बोर्डमा नाम मात्रै झुन्ड्याएर के गर्ने ? यहाँको ‘मदन–आश्रित स्मृति उद्यान’छेउ उभिँदा जो कोहीको

गलेश्वर । आज असोज कृष्ण प्रतिपदादेखि सोह्रश्राद्व सुरु भएको छ । बडादसैँको नजिकैमा पितृकार्य सम्पन्न गरेर चाडपर्व मनाउने परम्पराअनुसार आफ्नो

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँका २०८ घरपरिवार विगत तीन महिनादेखि खानेपानी अभवका कारण खोला र कुवाको दूषित पानी

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण,