भारतीय कुटनीतीज्ञ फिर्ता पठाउन तीन दलको सरकारलाई निर्देशन

५ जेष्ठ २०६९, शुक्रबार १२:३८ मा प्रकाशित

काठमाडौ, ५ जेठ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासका राजनीति मामिला हेर्ने कान्सुलर एसडी मेहेताले नेपाल विरोधी तथा गैर जिम्मेवार अभिव्यक्ति दिएको तीन दलको बैठकले भारत फिर्ता पठाउने प्रक्रिया सुरु गर्न प्रधानमन्त्रीलाई निर्देशन दिएको छ ।
कान्सुलर मेहेताले बुधबार वीरगन्जमा तराईका नेताहरुलाई जम्मा गरेर मधेसलाई टुक्रन नदिनका आन्दोलन गर्न उक्साएका थिए । स्रोतका अनुसार मेहताको क्रियाकलापलाई शिर्ष बैठकले नेपालको राजनीतीमा भारतीय कुटनितीज्ञले सोझै हस्तक्षेप गरेको ठहर गरेको हो ।
कन्सुलर मेहेताले बुधबार बारा र पर्सा जिल्लाका काँग्रेस, एमाले र मधेसी फोरमका नेताहरुसँगको अनौपचारिक रात्रीभेजमा ‘जेठ १४ अघि नै मधेसमा आन्दोलनको आँधी वेहरी ल्याउनुपर्छ । भनी भनेको बताईएको छ ।
त्यसैगरी बैठकले संसदमा जारी अवरोध खुला गर्न बृहद मधेसी मोर्चाका उपेन्द्र यादवसँग छलफल गर्न पनि निर्देशन दिएको छ । तीन दलका शिर्ष नेताहरुले अपरान्ह ४ बजे मधेसी मोर्चासँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले साउन १६ गते शनिबार संसदीय दलको नेताको चुनाव गर्ने भएको छ । विहीबार

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।