हरियो तरकारीमा विषैविष

२२ असार २०७१, आईतवार ०७:५८ मा प्रकाशित

काठमाडौं, २२ असार । छिमेकी भारत र स्वदेशकै विभिन्न जिल्लाबाट दिनहुँ राजधानी भित्रिने हरियो तरकारीमा अत्यधिक विषादी पाइने गरेको गुनासो सुनिन थालेको वर्षौं भयो।

राजधानीमा बिक्री हुने तरकारीमा कति छ त विषादी ? ती खानयोग्य छन् कि छैनन्र कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा १७ दिनअघि तरकारीको विष नाप्ने मेसिनै राखेर यसको परीक्षण सुरु गरियो। बाली संरक्षण निर्देशनालयका प्राविधिकको परीक्षणमा देखियो, अधिकांश तरकारी खानै नहुने गरी विषाक्त छन् तर जानीजानी त्यस्ता तरकारी बजारमा बिक्रीवितरण भइरहेको छ।

किसानबाट ठेकेदाररबिचौलिया हुँदै बजार आइसकेको तरकारी फिर्ता पठाउने वा नष्ट गर्ने अधिकार सरकारसँग छैन। किनकि, अहिलेसम्म यससम्बन्धी न कुनै कानुन छ, न त्यसले निर्धारण गरेको कार्यविधि वा निर्देशिका। त्यसैले परीक्षणमा अति विषादी भेटिएका तरकारी पनि खुलमखुला बिक्री भएर उपभोक्ताका भान्सामा पाकिरहेको छ।

निर्देशनालयका अनुसार असार ४ यता कालीमाटीमा दिनहुँ विषादी परीक्षण भइरहेको छ। त्यसका लागि समितिकै कार्यालय भवनमा ‘स्पेट्रोफोटोमिटरु मेसिनसहित निर्देशनालयका तीन प्राविधिक खटिएका छन्। ‘बिहान ६ देखि ११ बजेसम्म थाइल्यान्डबाट तालिमप्राप्त निर्देशनालयका प्राविधिकबाट परीक्षण भइरहेको छ,’ निर्देशनालयका एक उच्च अधिकारीले जानकारी दिए, ‘तरकारी विषाक्त पाइए पनि बिक्री भने रोक्न सकिएको छैन।’ नागरिक दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै