माओवादीमा दुई धारको बहस

२२ असार २०७१, आईतवार ०६:३४ मा प्रकाशित

काठमाडौं, २२ असार । संविधानसभाको प्रक्रिया बाहिर रहेको नेकपा-माओवादीको केन्द्रीय समितिमा पार्टीको भावी कार्यदिशाबारे दुई धारबाट बहस चलेको छ ।

आगामी राष्ट्रिय सम्मेलनलाई केन्द्रित गरी ४ दिन देखि राजधानीमा जारी बैठकमा केन्द्रीय सदस्यहरुले राजनीतिक दस्तावेजमा बहस केन्द्रीत गरेको पोलिटब्यूरो सदस्य एवं प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

बैठकमा अध्यक्ष मोहन वैद्यले पेस गरेको दस्तावेजमा अहिलेकै जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशालाई समृद्ध गर्नुपर्ने उल्लेख छ । त्यसमा फरक प्रस्ताव राख्दै सचिव नेत्रविक्रम चन्दले भने नयाँ ढंगको जनयुद्धको खाँचोसहितको दस्तावेज पेस गरेका छन् ।

दुवै दस्तावेजमाथि भएको बहस र छलफलले समग्रमा पार्टीको भावी दिशालाई मजबुत बनाउने भएकाले सबैले सकरात्मक ढंगले लिएको केन्द्रीय सदस्य सुरेश आलेमगरले प्रतिक्रिया दिए ।

‘दस्तावेज र केन्द्रीय समितिमा भएका छलफलले अब नयाँ ढंगको क्रान्ति गर्नुपर्ने देखाउँछ । त्यसलाई आगामी सम्मेलनले नै अन्तिम रुप दिनेछ’, नेता आलेमगरले भने ।

प्रवक्ता भुसालका अनुसार शनिवारसम्म २४ जना केन्द्रीय सदस्यले आफ्ना धारणा राख्दै अहिलेको कार्यदिशालाई समृद्ध र सुधार गर्नुपर्नेमा जोड दिएका थिए । बैठक अझै २ दिन लम्बिनेछ । पदाधिकारीसहित ४३ जना केन्द्रीय समिति बैठकपछि वैकल्पिक केन्द्रीय सदस्यसहितको पूर्ण बैठक राख्ने तयारीमा माओवादी छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

टीकापुर । सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् । पहिलो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।