भारतीय कुटनीतीज्ञको पुत्ला जलाइयो

५ जेष्ठ २०६९, शुक्रबार १२:०३ मा प्रकाशित

विरगन्ज, ५ जेठ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासका राजनीति मामिला हेर्ने कान्सुलर एसडी मेहेताले नेपाल विरोधी तथा गैर जिम्मेवार अभिव्यक्ति दिएको भन्दै आज बिहान बर्दियाको भुरिगाउँमा कान्सुलर मेहेताको पुत्ला दहन गरिएको छ । कान्सुलर मेहेताले बुधबार वीरगन्जमा तराईका नेताहरुलाई जम्मा गरेर मधेसलाई टुक्रन नदिनका आन्दोलन गर्न उक्साएको भन्दै त्यसको विरोधमा स्वतन्त्र युवा सञ्जाल भुरिगाउँले मेहेताको पुत्ला जलाएको हो ।  नेपालको राजनीतीमा भारतीय कुटनितीज्ञले सोझै हस्तक्षेप गरेकाले यस्तो गैर जिम्मेवार कार्यको विरोधस्वरुप मेहेताको पुत्ला दहन गरिएको स्वतन्त्र युवा संजालका अध्यक्ष दिपक तिमिल्सेनाले बताउनुभयो । स्थानीय युवाहरुका अनुसार कन्सुलर मेहेताले बुधबार बारा र पर्सा जिल्लाका काँग्रेस, एमाले र मधेसी फोरमका नेताहरुसँगको अनौपचारिक रात्रीभेजमा ‘जेठ १४ अघि नै मधेसमा आन्दोलनको आँधी वेहरी ल्याउनुपर्छ ’ भन्ने जस्तो नेपाल विरोधी, गैर जिम्मेवार अभिव्यक्ति दिएर नेपालको अखण्डतालाई टुक्राउन नेताहरुलाई उक्साएकोले विरोधस्वरुप मेहेता विरुद्ध नारावाजी गर्दै पुत्ला जलाएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।