रत्नपार्क क्षेत्रलाई प्राकृतिक पार्क बनाइने

२१ असार २०७१, शनिबार १९:४२ मा प्रकाशित

काठमाडौं, २१ असार । पार्किङ र फुटपाथ व्यापारीको स्थल मानिएको रत्नपार्क क्षेत्रलाई प्राकृतिक पार्क बनाइने भएको छ । उक्त कामका लागि नक्साङ्कन कार्य भइरहेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
महानगरपालिका वातावरण विभागका महाशाखा प्रमुख रविनमान श्रेष्ठले रत्नपार्क क्षेत्रलाई प्राकृतिक पार्क बनाउनकै लागि खुलामञ्चभित्र छिरेर व्यापार गर्ने एक हजार ५ सय फुटपाथ व्यापारीलाई त्यहाँबाट हटाइएको र उक्त स्थानमा पार्किङसमेत निषेध गरिएको जानकारी गराए ।

उनले अहिले खुलामञ्चको मूलद्वारमा ताला लगाइएको जानकारी दिँदै भने, ‘खुलामञ्चमा अव्यवस्थित रूपमा व्यापार र पार्किङका कारण त्यहाँको सौन्दर्यसमेत हराउँदै गएको थियो, अब चाँडै रत्नपार्कलाई प्राकृतिक पार्क बनाउँदै छौँ ।’

महानगरपालिकाले उक्त प्रयोजनका लागि खुलामञ्च र रत्नपार्कको मर्मत कार्य सुरु गरिसकेको छ । त्यसवरिपरि विभिन्न प्रजातिका बिरुवा रोप्ने तयारीसमेत रहेको महाशाखा प्रमुख श्रेष्ठले उल्लेख गरे ।

कार्यान्वयन प्रमुख धनपति सापकोटाले खुलामञ्चमा जथाभावी व्यापार गर्दै आएका व्यापारीलाई भृकुटीमण्डपमा राखिएको जानकारी दिँदै उनले भने, ‘व्यापारीलाई त्यहाँबाट हटाउन खोज्दा त्यसविरुद्ध व्यापारीले विरोधसमेत गरेका थिए तर हामी सफल भएरै छाड्यौँ, अब कसैले उक्त स्थानमा व्यापार गर्न पाउने छैनन् ।’
उनका अनुसार सो क्षेत्रमा प्रवेश गर्न टिकट लिनुपर्ने नीति ल्याउने तयारीसमेत भइरहेको छ । रत्नपार्क क्षेत्र पर्यटकीय केन्द्रबिन्दु भएकाले त्यस स्थानलाई व्यवस्थित गरी पर्यटन क्षेत्रमा रूपान्तरण हुने सापकोटाको दाबी छ

प्रतिक्रिया
सम्बन्धित खवर

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । शान्ति समाजको यही फागुन

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी

कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।