दार्चुलाको गुल्जर गाविसमा दुई लघुजल विद्युत आयोजनाको निर्माण

५ जेष्ठ २०६९, शुक्रबार १२:०० मा प्रकाशित

बैतडी, ५ जेठ । दार्चुलाको गुल्जर गाविसमा दुईओटा लघुजल विद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । गरिवी निवारण कोष, जिल्ला विकास समिति दार्चुला, गुल्जर गाविस तथा स्थानीयहरुको जनश्रमदानमा योजनाहरु निर्माण भएका हुन् । २० किलोवाटको डुङलीबगड लघुजलविद्युत आयोजना र ११ किलोवाटको  दहखोला लघुजल विद्युत आयोजना निर्माण कार्य सम्पन्न भएको समाजकल्याण समाज दार्चुलाका सामाजिक परिचालक जनकसिंह बिष्टले जानकारी दिनुभयो । ती योजनाहरु निर्माण भएपछि गुल्जर गाविसको वडा नं.७, ८ र ९ का ३ सय  घरपरिवार लाभान्वित भएका छन् । लघुजल विद्युत आयोजना निर्माण भएपछि अध्याँरो बस्न बाध्य भएका नागरिकहरु खुशी भएका छन् । डुङलीबगर लघुजल विद्युत आयोजना गरिबि निवारण कोषको ३५ लाख जिल्ला विकास समिति दार्चुलाको ५ लाख, गुल्जर गाविसको ७ लाख र ११ लाख बराबरको जनश्रमदानबाट सम्पन्न गरिएको सामाजिक परिचालक बिष्टले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय ले बढेर रु ९७ हजार एक सय तोकिएको छ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु

पर्सा । पालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से