मैले चालीस प्रतिशत मागेको छैनः गौतम

२१ असार २०७१, शनिबार १७:४९ मा प्रकाशित

काठमाडौं, २१ असार । एमाले उपाध्यक्ष वामदेव गौतमले आफूले पार्टीको नेतृत्वमा ४० प्रतिशत हिस्सा माग नगरेको स्पष्ट पार्दै महाधिवेशन नै सर्वाेच्च निकाय भएकाले त्यसले गर्ने निर्णय आफूलाई मान्य हुने जनाएका छन् ।
नेता केपी शर्मा ओलीको समूहमा आफूनिकट किरण गुरुङलाई महासचिवसहित भागबन्डा खोजेको भनी कतिपय सञ्चारमाध्यममा समाचार प्रकाशित भएका थिए ।
कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका उपाध्यक्ष गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीद्वारा आज जारी गरेको प्रेस विज्ञप्तिमा ‘महाधिवेशनको बन्दसत्रलाई प्रभावित पार्ने, नेतालाई विभिन्न तवरले लाञ्छना लगाउने र राजनीतिक चरित्रमाथि प्रश्न खडा गराउनेजस्ता कार्य तत्काल बन्द गर्नुपर्ने उपाध्यक्ष गौतमको धारणा रहेको उल्लेख गरिएको छ ।’
उपाध्यक्ष गौतमले पार्टीको भावी नेतृत्वको मूल सर्त भनेको नेतृत्व हस्तान्तरण गर्नु रहेकाले त्यसका लागि ओलीले अध्यक्ष पदमा गरेको दाबी मनासिव रहेको भन्दै आगामी नेतृत्वलाई लिएर कुनै किसिमको भागबन्डा र माग दाबीको क्रम नचलेको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । विगत् १० महिनादेखि श्रीलंका कारागारमा रहेका २६ नेपाली महिला तत्काल छुट्ने सम्भावना नरहेको श्रीलंकास्थित नेपाली दूतावासले जनाएको छ

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना