जाजरकोटबाट ४ करोड बाहिरियो

२१ असार २०७१, शनिबार १७:२६ मा प्रकाशित

जाजरकोट, २१ असार । आकर्षक तलब भत्ता पाउने प्रलोभनमा जाजरकोटका स्थानीयवासीले विनविन कम्पनीलाई ४ करोड बुझाएको रहस्य खुलेको छ ।

जिल्लाका स्थानीय बासिन्दाले मासिक एक लाख भारु तलब पाउने आशामा कम्पनीको सदस्य बन्दै रकम बुझाउने गरेका हुन् ।

विनविन कम्पनीको सेयर सदस्य बनेर रकम बुझाउनेको संख्या जाजरकोटमा मात्रै ४ सय नाघेको खलंगा–७ का शिवजी वलीले बताए । सदस्य बन्नेले जनही ४० हजारदेखि दुई लाखसम्म बुझाएको उनको भनाइ छ ।

रकम बुझाउनेमा बेरोजगार, कर्मचारी, सेना, प्रहरी, व्यापारी र शिक्षक रहेको उनले बताए । स्थानीयलाई बनारस पुर्‍याउन खलङ्गा–६ का मोहन विष्ट र सुर्खेतका रामप्रसाद चौधरी सक्रिय रहेको बताइएको छ । स्थानीयवासी हल्लैहल्लामा बनारस पुग्ने र सात दिनको प्रशिक्षण लिएपछि कम्पनीको सदस्य बनेर रकम बुझाउने गरेका हुन् ।
बनारस पुर्‍याएर ठगी गर्ने एजेन्ट हाल जिल्लाभरि सक्रिय छन् । छोटो समयमा सहज तरिकाले ठूलो रकम कमाउने आश्वासन पाएपछि एकपछि अर्को गर्दै ठूलो संख्यामा स्थानीय बनारसतर्फ लाग्ने गरेका छन् ।

कतिपयले त नेटवर्क बिजनेसले धोका दिन्छभन्दा पनि विश्वास नगरेको वलीको भनाइ छ । कम्पनीप्रति व्यग्र विश्वास गर्दै त्यसतर्फ जानेको संख्या प्रतिदिन बढ्दै गएको छ ।
सो कम्पनीको सदस्य बन्नेमा खलंगा, ढिमे, डाँडागाउँ, लहँ, खगेनकोटलगायत गाविसका बासिन्दा बढी छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । नेपाल आयल निगमले हिजो सोमबारदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका