बर्दियाका किसान व्यवसायीक माछा पालन तर्फ

५ जेष्ठ २०६९, शुक्रबार ११:५९ मा प्रकाशित

बर्दिया, ५ जेठ । बर्दियाका किसानहरु माछा पालन व्यवसायतर्फ आकर्षित भएका छन् । कम लगानी र मेहनतमा मनग्य आम्दानी हुन थालेपछि उनीहरु माछा पालन व्यवसाय तर्फ आकर्षित भएका हुन । बर्दिया सोरहवा २ जगतीयका छायाँदत्त भुसालले व्यवसायीक माछा पालनबाटै घरखर्च सहजै टरेको बताउनुभयो । उहाँले भन्नुभयो, कम मेहनत र लगानीमा आम्दानीपनि धेरै हुने भएपछि माछा पालन सुरु गरेको हुँ, बर्षमा झण्डै डेढ लाख सम्मको बचत हुने गरेको छ । उहाँले १३ कठ जमिनमा व्यवसायीक माछा पालन गर्दै आउनुभएको छ । माछा पालनको लागि उपयुक्त स्थल र माछाको वजार पनि राम्रो भएकाले किसानहरुले दिनप्रतिदिन माछा पालन व्यवसायतर्फ उन्मुख भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका मत्स्य विकास अधिकृत श्रवणकुमार चौधरीका अनुसार जिल्लामा ३ सय ५२ हेक्टर क्षेत्रफलमा अहिले माछा पालन व्यवसाय भईरहेको छ । कार्यालयको पछिल्लो तथ्याङमा १ हजार १ सय  ६४ जना कृषकहरु अहिले व्यवसायीक माछा पालन तर्फ उन्मुख भएका छन् भने त्यसका लागि पोखरी र घोलतालको सङख्या १ हजार २ सय ९७ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

डोटी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको