अनुदानमा सिँचाइ आयोजना निर्माण

२१ असार २०७१, शनिबार १३:१९ मा प्रकाशित

कञ्चनपुर, २१ असार । एसियाली विकास बैंक (एडिबी)को अनुदानमा कञ्चनपुरको दैजी–३ बछेलामा सामुदायिक उपसिँचाइ आयोजना निर्माण भएको छ । बैंकको अनुदान २३ लाख २८ हजार र नेपाल सरकारको पाँच लाख ४६ हजारमा आयोजना निर्माण गरिएको हो ।

आयोजना निर्माणका लागि स्थानीय बासिन्दाले पाँच लाख ४९ हजार बराबरको जनश्रमदान गरेका छन् । आव ०७०÷७१ को असोज महिनादेखि आयोजना निर्माणको कार्य सुरु गरिएको थियो ।

आयोजना निर्माण भएपछि पोल्खरी र धर्मपुरका २ सय ६२ बासिन्दाको १ सय ३४ दशमलव ३ हेक्टर जग्गामा सिँचाइ सुविधा पुगेको बछेला सामुदायिक उपसिँचाइ आयोजनाका अध्यक्ष प्रेमबहादुर साउदले बताए । सिँचाइ आयोजनाको मुख्य कुलोको लम्बाइ एक हजार ७ सय ९० मिटर रहेको छ । शाखा कुलोको लम्बाइ दुई हजार ४ सय १० मिटर रहेको छ ।

आकाशे पानीको भरमा खेती गर्दै आएका यस क्षेत्रका बासिन्दा आयोजना निर्माण भएपछि मौसमी, बेमौसमी तरकारीखेती र नगदे बालीतर्फ आकर्षित हुन थालेका छन् । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा