रानाथारु समुदायको अनिश्चितकालिन आमहड्ताल स्थगित, थरुहटको आन्दोलन जारी

५ जेष्ठ २०६९, शुक्रबार ०९:०९ मा प्रकाशित

काठमाडौ, ५ जेठ । रानाथारु समुदायले आह्वान गरेको  अनिश्चितकालिन आमहड्ताल स्थगित भएको छ ।  सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरलाई ‘रानाथारु स्वायत्त प्रदेश’घोषणा गर्नुपर्ने माग गर्दै समुदायले जेठ २ गतेबाट आन्दोलनका कार्यक्रम गर्दै आएको थियो ।  वैसाख १५ गतेदेखि लगातार रुपमा बन्द हड्ताल भएकाले  जनजीवनमा नराम्रोसँग असर परेको भन्दै  समितिले आज बिहान ६ वजेबाट आमहड्ताल फिर्ता लिएको हो । बन्दका कारण अत्यावश्यक बस्तुसँगै पेट्रोलियम पदार्थको अभावमा एम्बुलेन्ससमेत चल्न नसक्ने अवस्था भएपछि बन्द फिर्ता लिएको संयुक्त संघर्ष समिति कञ्चनपुरका सचिव कृपाराम रानाले बताउनुभयो यद्यपी माग सम्बोधन नगरे नयाँ ढंगले आन्दोलन अघि बढाइने पनि रानाको भनाइ छ  । यसैबीच पूर्व घोषित कार्यक्रम अनुसार रानाथारु संयुक्त संघर्ष समितिले आज कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा जनप्रदर्शन गर्ने भएको छ । कैलाली र कञ्चनपुरका रानाथारु समुदायको सहभागितामा ११ वजे जनप्रदर्शन गरिने र दिउँसो १ वजे स्थानीय स्मारकमा आमभेला आयोजना गरिने सचिव रानाले बताउनुभयो । स्वायत्त प्रदेशका रानाथारु जातिलाई स्थानीय, प्रान्तीय र केन्द्रीय सरकारमा सामाजिक, राजनीतिक, सांस्कृतिक एवम् आर्थिक अग्राधिकार आरक्षणको ग्यारेण्टी गरी आत्मनिर्णयको अधिकारको सुनिश्चितता गर्न पनि समाजले माग गरेको छ ।
यता थरुहट सयूक्त संघर्ष समितिले आब्हान गरेको अनिश्चित कालिन आमहडताल भने जारी छ । आन्दोलनकारीले दाङको देउखुरीमा ६ वटा सवारी साधनमा तोडफोड गर्नुका साथै एक मोटरसाईकलमा आगजनी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

रामेछाप । रामेछापको सुनापातीमा यात्रु बाहक बस लुभुखोलामा दुर्घटनामा परेको छ ।  दुर्घटनामा  कम्तिमा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उद्धारकार्य जारी रहेकाले

मुगु । नेपाल विद्युत प्राधिकरणले कर्णाली प्रदेशको मुगु जिल्लामा २९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत पुर्‍याएको छ ।

काठमाडौँ । मुलुकमा फेरि कोभिड–१९ का सङ्क्रमितहरूको सङ्ख्या दिनदिनै बढ्दै गएको अवस्थामा सङ्क्रमितलाई राख्न सकिने ‘होल्डिङ सेन्टर’ भने अझै निर्माण हुन

काठमाडौँ ।  देशमा आर्थिक अराजकता बढ्दो छ, जताततै लुटतन्त्र, कमिसनतन्त्र र भ्रष्टाचार व्याप्त छ, सरकारले भ्रष्टाचार र अनियमितता रोक्न नसक्दा सार्वजनिक