दीपिका पादुकोण सबभन्दा सेक्सी महिला

२१ असार २०७१, शनिबार ०८:४६ मा प्रकाशित

मुम्बई : दीपिका पादुकोणलाई एक सर्वेक्षणले संसारकै सबभन्दा सेक्सी महिलाको रूपमा चित्रण गरेको छ। पुरुषको जीवनशैलीसम्बन्धी बेलायती पत्रिका ‘एफएचएम’ले गरेको सर्वेक्षणमा दीपिका सबभन्दा सेक्सी महिलाको सूचीमा नम्बर एक हुन सफल भएकी हुन्। पत्रिकाले नयाँ संस्करणमा दीपिकालाई मोडलका रूपमा उभ्याएको छ। उनले बुधबार आफ्नो तस्बिर प्रकाशित पत्रिका सार्वजनिक गरेकी छन्। पत्रिकामा दीपिकाका साथै अन्य सयजना आकर्षक युवतीलाई पनि सूचीबद्ध गरिएको छ।

अभिनेत्री दीपिकाले आफ्नो कामका कारण यहाँसम्म आइपुगेको दाबी गर्दै आफ्नो शारीरिक बनावटसँग सर्वेक्षणको कुनै सरोकार नभएको बताएकी छन्। दीपिका पछिल्लोपटक तमिल चलचित्र ‘कोचदैयां’मा देखिएकी थिइन्। ब्लकबस्टर चलचित्र ‘ओम शान्ति ओम’बाट हिन्दी चलचित्रमा प्रवेश गरेकी उनले पहिलो चलचित्रबाटै उत्कृष्ट नवअभिनेत्रीका रूपमा फि ल्म फेयर अवार्ड हात पारेपछि पछाडि फर्कनु परेको छैन।-एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

मुम्बई । भारतीय गीतकार जावेद अख्तरको मानहानीको मुद्दामा मुम्बईको एक अदालतले अभिनेत्री कंगना रौनतविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

काठमाडौं । विश्वकै चर्चित विश्वविद्यालय हार्वर्डमा पूर्व मिस नेपाल शृंखला खतिवडाले पढ्ने भएकी छिन् । श्रृंखलाले अमेरिकाको बोस्टनमा रहेको हार्वर्ड

सिजन मिडियाद्वारा आयोजना गरेको ‘लेट मी इन मिसेज ब्युटी क्विन नेपाल सिजन ४’ की विजेता ललितपुरकी रश्मि शाक्य हुनुभएको छ

चितवन । पर्यटन व्यवसायी सुमन घिमिरेको ‘उनले जस्तै…’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायक नरेन्द्र प्यासीको स्वर र