होमवर्कको सकस

२१ असार २०७१, शनिबार ०८:४१ मा प्रकाशित

काठमाडौं– अंग्रेजी अक्षर ए देखि डी बाट सुरु हुने पाँचवटा जंगली जनावर के के हुन्र

ई देखि एच बाट उच्चारण हुने पाँच–पाँचवटा चराको नाम थाहा छ

९८ लाई रोमन अक्षरमा कसरी लेखिन्छ

जमिन, पानी, रुख र बढी समय हावामा बिताउने पाँचवटा जनावर के–के हुन्रु तिनका पाँच–पाँचवटा विशेषता के हुन्र

माथिका यी चार प्रश्नको जवाफ अपर्भट दिन तपाईंलाई कत्तिको गाह्रो हुन्छरु एकपटक सोचिहेर्न त

हामी यहाँ तपाईंको सामान्य ज्ञान जाँचिरहेका छैनौं, यी त अचेलका स्कुलहरूले कक्षा १, २ र ३ का साना नानीहरूलाई दिने होमवर्कका नमुना हुन्। यस्तो होमवर्क ती कलिला विद्यार्थीले आफैं गर्नसक्ने सम्भावना शून्यप्राय हुन्छ। र, घुमिफिरी होमवर्कको भार आइपर्छ अभिभावकमाथि। तपाईं पनि अभिभावक हुनुहुन्छ भने यही वा यस्तै खालका प्रश्नको भारी तपाईंको काँधसम्म पनि पक्कै आइपुगेको हुनुपर्छ, हैन

अत्याधुनिक शैलीमा पढाउने भनिएका स्कुलहरूले दिने यस्ता होमवर्कको भारले विद्यार्थी जति थिचिएका छन्, त्योभन्दा बढी सास्ती तिनका अभिभावकलाई भइरहेको छ। स्कुल–कलेजको नियमित पढाइ छाडेर व्यावसायिक जीवनमा लामो समय बिताइसकेका अधिकांश अभिभावकलाई यस्ता प्रश्नको उत्तर दिन हम्मेहम्मे नै पर्छ।

कमलपोखरीकी गंगा खतिवडा त्यसैमध्ये एक हुन्। उनी कक्षा ३ पढ्ने आफ्नी छोरीले ल्याउने यस्ता होमवर्कको उत्तर खोज्न इन्टरनेटको सहारा लिन्छिन्। इन्टरनेटमा गुगल नगरी उनी छोरीको होमवर्क गराउन सक्दिनन्, चाहे त्यो विज्ञान होस्, सामाजिक शिक्षा होस् वा हिसाब।

एकदिन त अचाक्ली भयो। ब्राजिलमा विश्वकप फुटबल सुरु हुनु केही दिनअघि छोरीले यस्तो होमवर्क ल्याई– ३२ वटा टिमका झन्डाको चित्र बनाऊ र कलर गरेर ल्याऊ।

‘त्यो सानी छोरीले ३२ वटा टिमको झन्डा कहाँ पाएर बनाउन सक्नू,’ गंगा भन्छिन्, ‘उसको मात्र के कुरा गर्नु, यो काम इन्टरनेट नहेरी कसैले पनि गर्न सक्छजस्तो मलाई लाग्दैन। बूढाबूढी बसेर मध्यरातसम्म धुइँधुइँती गुगलमा झन्डा खोजियो, अनि बल्ल छोरीको होमवर्क सम्भव भयो।’

‘केटाकेटीले कुनै हालतमा गर्न नसक्ने यस्ता होमवर्क दिनुको अर्थ के ?’ उनको प्रश्न छ।

खासमा यी होमवर्क विद्यार्थीलाई दिइएकै होइन, अभिभावकलाई नै दिइएको हो। आफ्ना छोराछोरीको पढाइमा उनीहरू पनि उत्तिकै सक्रिय होऊन् भन्ने यसको उद्देश्य बुझिन्छ।

यसो गर्दा केटाकेटीको पढाइ राम्रो हुन्छ भन्ने विश्वास स्कुलको हुन्छ। तर, यसलाई पुष्टि गर्ने वैज्ञानिक अध्ययन वा विश्लेषण कसैले गरेका छैनन्, नेपाली सन्दर्भमा।

अर्को कुरा, जुन अभिभावक आफैं पढे–लेखेका छन् वा इन्टरनेटमा पहुँच छ, तिनले त होमवर्क गराउन सक्छन्। तर, यी दुवै सुविधा नभएका अभिभावकले के गर्ने ?
‘अचेलका स्कुल आफ्नो भार सोझै लगेर अभिभावकमाथि थोपर्दैछन्,’ गंगाको भनाइ छ, ‘होमवर्क सिकाउन नसक्ने अभिभावकले कि त त्यस्ता स्कुलमा बच्चालाई पढाउनै भएन, वा ट्युसन राखेर थप खर्च गर्नुपर्योभ।’

‘ट्युसन नै राख्नुपर्ने हो भने त सरकारी स्कुलमै पढाए भयो नि, किन महँगा स्कुलमा राख्नुपर्यो ?,’ उनी भन्छिन्।

कक्षा २ मा अध्ययनरत ऋचा थापा (परिवर्तित नाम) का अभिभावकले उनलाई मनोचिकित्सककहाँ उपचार गराउन लगे। अभिभावक उनको पढाइप्रतिको वितृष्णाले आजित थिए।

चिकित्सकले ऋचासँग केही बेर कुराकानीबाटै रोग र रोगको कारण पत्ता लगाए। रोगभन्दा महत्वपूर्ण रोगको कारण थियो– उनको कक्षामा पढाउने शिक्षिकाको व्यवहार। नागरिक दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा ओली समूहको संसदीय दलको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकमा प्रधानमन्त्री तथा ओली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम आज बस्ने भनिएको ओली समूहको संसदीय दलको बैठकमा नजाने भएका

काठमाडौं । वर्तमान राजनीतिको किंग मेकर मानिएको नेपाली कांग्रेसले अझै प्रष्ट धारणा सार्वजनिक गरेको छैन । हिजो संसदीय दलको बैठकपछि

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी