सङ्घर्ष समितिले आज खुशीयाली र्याली निकाल्ने

५ जेष्ठ २०६९, शुक्रबार ०९:०८ मा प्रकाशित

काठमाडौ, ५ जेठ । आफूहरुको माग सम्बोधन गर्न सरकार सहमति भएपछि राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि संयुक्त सङ्घर्ष समितिले अनिश्चितकालिन बन्द फिर्ता लिएको छ । आफूहरुको माग सम्बोधन गर्न दिइएको तीन दिनको समयावधिमा सरकारले कुनै वास्ता नगरेकोभन्दै हिजोदेखि सङ्घर्ष समितिले अनिश्चितकालिन बन्दको घोषणा गरेको थियो । गएराति सङ्घर्ष समिति र सरकारी वार्ता टोलीबीच ३ बुँदे सहमति भएपछि समितिले अनिश्चिितकालिन बन्द फिर्ता लिएको हो । नयाँ संविधानमा ‘अन्य जाति’ हटाई ‘खस आर्य’ अन्तर्गत क्षेत्री, ठकुरी, दशनामी तथा दलितलगायतलाई राखी अधिकारसहित आदिवासी सूचीकृत गर्ने सहमति सरकारी वार्ता टोली र सङ्घर्ष समितिबीच भएको छ । यसैगरी, प्रदेशको नामाकरण व्यवस्थापिका–संसद्ले गर्ने र प्रदेशबारे अन्तिम निर्णय प्रदेश सभाले गरेबमोजिम हुने तथा आवश्यक परेमा यो विषयमा जनमत सङ्कलन गरिने पनि सहमति भएको छ । सङ्घर्ष समितिका प्रवक्ता कुमार खड्काका अनुसार सरकारसँगको सहमतिपछि बन्द फिर्ता भएको र आज दिउँसो देशभर विजय जुलुशको आयोजना गर्ने तयारी भएकोछ । गएराति भएको सहमतिमा सरकारका तर्फबाट उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला र सङ्घर्ष समितिका तर्फबाट वार्ता टोली संयोजक प्राध्यापक डा दिलबहादुर क्षेत्रीले हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि अमेरिकी सरकारसँग आग्रह गर्नुभएको छ । कोभिड–१९ सङ्कट