
काठमाडौ, ५ जेठ । राष्ट्रिय अखण्डता र हिन्दू राष्ट्र घोषणाको मागगर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आह्वान गरेको बन्दका कारण राजधानी काठमाडौ लगायत देशभरको जनजीवन प्रभावित भएकोछ । बन्दका कारण काठमाडौंमा सवारी साधन कम चलेका छन् । निजी सवारी साधन छिटफुट रुपमा चलेको भए पनि सार्वजनिक सवारीका साधन कम चलेको ट्राफिक प्रहरीले जनाएको छ । बन्दको अवज्ञा गरेकोभन्दै राप्रपा नेपालका कार्यकर्ताहरुले थसिखेलमा बा२ ख ४१७ नम्बरको बसमा तोडफोड गरेका छन् । अन्य केही सवारी साधनमा तोडफोड गरेको भए पनि क्षतिको विस्तृत विवरण आउन नसकेको प्रहरीले जनाएको छ ।
प्रहरीले बन्द गर्दै हिड्ने राप्रपा नेपालका दुई सभासद चन्द्रबहादुर गुरुङ र कुन्ती शाहीलाई पक्राउ गरेको छ । त्यसैगरी करिब तीन दर्जन रापप्रा नेपालका कार्यकर्ताहरुसमेत पक्राउ परेका छन् ।
संघीयता खारेज गर्नुपर्ने र नेपाललाई हिन्दू राज्य घोषणा गरिनुपर्ने माग राख्दै आज बन्दको आह्वान गरेको राप्रपा नेपालका सभासद चन्द बहादुर गुरुङले जानकारी दिनुभयो । सभासद गुरुङले जातीय आधारमा प्रदेश विभाजन गरिए देशमा साम्प्रदायिक दङ्गा सुरु हुने भएकोले तत्काललाई संघीयता नै खारेज गर्नुपर्ने बताउनुभयो । राजधानी बाहिरका बिभिन्न जिल्लाका नागरिक भने जातिय सङ्घसङ्गठनको दोहोरो बन्दको मारमा परेका खबरहरु प्राप्त भएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर
केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी
म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।
नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे
काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार