प्रमुख तीन दल र मधेसी मोर्चाको बैठक

५ जेष्ठ २०६९, शुक्रबार ०९:०५ मा प्रकाशित

काठमाडौ, ५ जेठ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागको बारेमा प्रमुख तीन दल र मोर्चाका शीर्ष नेताहरुबीच आज पनि छलफल हुँदैछ । सिंहदरवारमा अहिले केहीबेरमा सुरु हुने चार शक्तिको बैठकमा तीन दलको बैठकमा भएको ११ प्रदेश बनाउने सहमति र मधेसी मोर्चाको विरोधको बारेमा समीक्षा हुने छ । आजको प्रमुख चार शक्तिको बैठकमा छलफल गरेर मोर्चाको माग सम्बोधन गर्ने बारेमा कुराकानी हुने बताइएको छ । सहमतिमा विरोध जनाइए पनि संविधान निर्माणको प्रक्रियामा अवरोध सिर्जना नगर्ने मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले यसअघि बताएको भए पनि मोर्चा तथा बृहत मधेसी मोर्चामा आवद्व सभासदहरुले व्यवस्थापिका संसदको बैठक हिजो अवरुद्व पारेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ