व्यवस्थापिका संसदको बैठक आज पनि सुचारु हुने नहुने अनिश्चित

५ जेष्ठ २०६९, शुक्रबार ०९:०३ मा प्रकाशित

काठमाडौ, ५ जेठ । अन्तरिम संविधानको  १२ औं संसोधन प्रक्रिया अघि बढाउन व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । वृहत मधेसी मोर्चामा आवद्ध सभासद्हरुको अवरोधका कारण व्यवस्थापिका–संसदको हिजोको दोस्रो बैठक अवरूद्ध भएको थियो । दिउँसो ३ बजेको लागि बोलाइएको आजको व्वयवस्थापिका संसद बैठकमा नेपालको अन्तरिम संविधान २०६३ मा बाह्रौँ संसोधन गर्ने कार्यसूची पेस गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ । बृहत मधेसी मोर्चामा आवद्ध सभासद्हरूले प्रमुख तीन दलबीच भएको ११ प्रदेशसहितको राज्य पुनःसंरचना बारेको सहमति मधेसी, आदिवासी र दलितका हितमा नभएकोले उक्त सहमति भङ्ग नभएसम्म संसद स्थगित गर्नुपर्नेमा जोड दिएका छन् । एकीकृत माओवादी, नेपाली काङ्ग्रेस, नेकपा एमाले र मधेसी मोर्चाका नेताहरुको आज बिहान बस्ने बैठकमा राज्यपुनर्संरचना बारेमा कुनै ठोस सहमति नभए आजको व्यवस्थापिका संसदको बैठक पनि नचल्ने सम्भावना बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई