प्राइमलाई उपाधि

२० असार २०७१, शुक्रबार १६:४० मा प्रकाशित

काठमाडौं, २० असार । प्राइम कलेज दोश्रो मोर्गन कप पुरुष तथा महिला खुला बास्केटबल प्रतियोगताको महिलातर्फ शुक्रबार च्याम्पियन बनेको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक बसुन्धारास्थित मोर्गन इन्टरनेसनल कलेजको कोर्टमा भएको फाइनलमा प्राइमले गोल्डेनगेटलाई ४०–२५ ले पराजित ग¥यो । प्राइमको जितमा शान्ति श्रेष्ठले ११ अंक योगदान गरिन् ।

गोल्डेनगेटले पहिलो क्वाटरमा १५–८ को अग्रता लिएको थियो । बाँकी क्वाटरमा त्यही लयलाई कायम राख्न नसकेपछि गोल्डेनगेट उपाधिबाट वण्चित हुन प¥यो । बाँकी तीन क्वाटरमा गोल्डेनगेटले दोहोरो अंक पनि बनाउन सकेन । प्राइमले दोश्रोमा १२–२, तेश्रोमा ९–४ र चौथोमा ११–४ अंक जोड्दै उपाधि सुनिश्चित ग-यो ।

अघिल्लो दिन शुक्रबार भएको पुरुष उपाधि भिडन्तमा पनि गोल्डेनगेट गुरुकुलसंग ८३–५९ ले चुकेको थियो । उपाधिसंगै प्राइमले २५ हजार नगद पुरस्कार प्राप्त ग-यो । गोल्डेनगेटले १५ हजारमा चित्त बुझायो ।
नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा प्राइमकी स्नेहा श्रेष्ठ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भइन् । त्यसवापत स्नेहाले १० हजार नगद पुरस्कार हात पारिन् ।

विजेतालाई आयोजकका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामा टेन्डी शेर्पालगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे ।

असार ११ गतेदेखि सुरु प्रतियोगिताको पुरुषमा ८ र महिलामा ६ टिम सहभागी थिए । खेलहरु त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल र मोर्गनमा भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सेभिया । उपाधि दावेदार बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सेभिया विरुद्धको सेमिफाइनल खेल समग्रमा

रोम । पोर्चुगिज खेलाडी क्रिश्चियानो रोनाल्डोले क्लब फुटबलमा नयाँ कीर्तिमान बनाएका छन् । उनी इटालियन फुटबल क्लब युभेन्टसबाट क्लब फुटबल

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले साउथह्याम्पटनलाई १–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति लिभरपुल, आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । शिर्ष क्लबहरु चेल्सी र