तेइस वटा सडक निर्माण

२० असार २०७१, शुक्रबार ११:०७ मा प्रकाशित

इलाम, २० असार । एक वर्षको अवधिमा २३ वटा जिल्लास्तरीय सडक निर्माण भएका छन् । सडक सञ्जाल नपुगेका जिल्लाका विभिन्न गाउँमा पूर्वाञ्चल सडक डिभिजन कार्यालय इलामले सडक विस्तार गरेको हो ।

छ लाख दरका १३ र सात लाख ६९ हजार बजेट भएका १० वटा सडकको ट्र्याक खोल्ने, केहीलाई सोलिङ तथा मर्मत गरिएको कार्यालयका इन्जिनियर अरुणकुमारलाल कर्णले बताए ।

चालु आर्थिक वर्षमा एक करोड ६२ लाख ५९ हजारमा ५६७ किलोमिटर सडकको ट्र्याक खोल्ने, सोलिङ तथा मर्मत सुधारको काम सम्पन्न भएको सडक डिभिजनले जनाएको छ ।

जिल्लाको निन्दा सिराना, धजे सन्दकपुर किलोमिटर, गोदक–खुदुनाबारी, पञ्चकन्या–तीनघरे हुँदै चैनपुरे नेही, फिक्कल–गोर्खे–मानेभञ्ज्याङ सडकखण्ड, सतासीधाम जोरपोखरी, जितपुरदेखि गजुरमुखीलगायतका सडकको ट्र्याक खोल्ने काम भएको छ । सडक सञ्जाल विस्तार भएपछि सर्वसाधारणलाई आवतजावत गर्न सहज भएको छ ।

सडक डिभिजन कार्यालयले ठूल्ठूलादेखि स–सानासमेत निर्माणका काम ठेक्का प्रणालीबाट गर्नुपर्दा महत्वकाङ्क्षी योजना सम्पन्न गर्न केही समस्या हुने गरेको कर्णको भनाइ छ । सानातिना सडक जिल्ला विकास समितिबाट उपभोक्ता समितिमार्फत गर्न सकेको खण्डमा सडकको प्रभावकारितासमेत वृद्धि हुने उनले जनाए ।

यसैगरी जिल्ला विकास समितिले पनि २४ वटाभन्दा बढी सडकमा नयाँ ट्र्याक खोल्ने, सोलिङ तथा मर्मत कार्य सम्पन्न गरेको जनाएको छ । प्रत्येक सडकका लागि जिविसले पाँच लाख बजेट विनियोजन गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारको स्वामित्वमा सञ्चालित हेटौडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित घ्यू जापानमा निर्यात हुन थालेपछि माग समेत बढेको छ । आयोजनाका प्रमुख

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार

काठमाडौं । आफूलाई घरखर्च चलाउन वा कुनै व्यावसायिक काम गर्नका लागि तपाईंले बैंक तथा वित्तीय संस्थामा धाएर नै जानुपर्ने बाध्यताको

काठमाडौं । कोरोना महामारीको प्रभाव कम हुँदै जाँदा विदेशी वस्तुको आयातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार