एमालेमा पुगेन तेत्तीस प्रतिशत महिला प्रतिनिधि

२० असार २०७१, शुक्रबार १३:३० मा प्रकाशित

काठमाडौं, २० असार । नेकपा (एमाले)ले आफ्नो पार्टीको घोषणापत्रमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने भनेर लेखे पनि नवौँ राष्ट्रिय महाधिवेशनमा महिला प्रतिशत पुग्न सकेका छैनन् ।

एमालेमा लगभग दुई लाख ६५ हजार पार्टी सङ्गठित कार्यकर्ता छन् । नवौँ महाधिवेशनमा दुई हजार १ सय ८२ प्रतिनिधि छन् । त्यसमध्ये महिला प्रतिनिधि ३ सय ४१ मात्र रहेका छन् । दुई हजार १ सय ८२ प्रतिनिधिमा पाँच प्रतिशत मनोनयन गर्न बाँकी छ । मनोनयन गर्दा महिला प्रतिनिधिको सङ्ख्या लगभग ४ सय हुन्छ । त्यो भनेको १८ प्रतिशत मात्रै हो ।

‘पार्टीमा माथिल्लोस्तरमा मात्र हैन, तल्लोस्तरदेखि नै महिला सङ्गठित सदस्य वृद्धि गर्नु जरुरी छ’, पार्टी उपाध्यक्ष विद्यादेवी भण्डारीले भनिन्, ‘पार्टीमा महिला सहभागिता वृद्धि गर्न एमालले प्रयास गरिँदै आइरहेको छ ।’

‘गाउँस्तरदेखि नै ५० प्रतिशत महिला ल्याउन सकिएको भए स्वाभाविक रूपमा महिला प्रतिनिधिको सङ्ख्या पनि बढ्ने थियो’, उनले थपिन्, ‘महाधिवेशनमा पदाधिकारीसहित ३३ प्रतिशत महिला सहभागिताका लागि पहल गरिरहेका छौँ ।’

बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको एमाले महाधिवेशनका उपाध्यक्षकी उम्मेदवारसमेत रहनुभएकी नेत्री भण्डारीले भनिन्, ‘महिलासहितको पदाधिकारी र कार्यसमिति हुनुपर्छ भन्ने अखिल नेपाल महिला सङ्घले (अनेमसङ्घले) अवधारणापत्र पनि तयार गरेको छ, पदाधिकारीसहित केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला पुराउन पहल गरिरहेका छाँै ।’

अनेम सङ्घका अध्यक्षसमेत रहनुभएकी नेत्री भण्डारीले महाधिवेशनका अवसरमा महिला हिंसा अन्त्य गर्न पार्टी र जनसङ्गठनमा आचारसंहिता, स्थानीय निकायमा पदाधिकारीसहित ५० प्रतिशत महिला र महिलामैत्री संरचना निर्माण गर्नुपर्ने गरी तीनवटा एजेन्डालाई अनेमसङ्घले अगाडि सारेको बताइन् ।

अनेमसङ्घले जारी गरेको महिला अवधारणपत्रमा पार्टीमा महिला हिंसा समाज निर्माण गर्नुपर्ने, पार्टीमा महिला सहभागिता वृद्धिका लागि महिलामैत्री लोकतान्त्रिक अभ्यास गर्नुपर्ने, स्थानीय निकायदेखि नै ५० प्रतिशत महिला–पुरुष समान रूपमा सङ्गठनमा नेतृत्व गर्ने अवसर दिनुपर्ने, नवौँ महाधिवेशनबाट पदाधिकारीसहित ३३ प्रतिशत महिला सुनिश्चित गर्नुपर्ने माग समेटिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी