टिक्रिटमा फसेका ३ नेपाली पनि भागे

२० असार २०७१, शुक्रबार ०६:०६ मा प्रकाशित

दोहा (कतार), २० असार । इराकको द्वन्द्वग्रस्त क्षेत्र टिक्रिटमा २६ दिनदेखि अलपत्र ३ नेपाली कामदार विद्रोहीको नियन्त्रयणस्थलबाट भाग्दै आलाम भन्ने ठाउँ पुगेका छन् । उनीहरू त्यहाँबाट सुरक्षित स्थल कुर्दिस्थानतिर जाने प्रयासमा छन् ।

राजधानी बग्दादबाट १४० किलोमिटर उत्तर टिक्रिटको एक अस्पतालमा आश्रय लिँदै आएका कानेपोखरी-९, मोरङका ३८ वर्षीय मोहनकुमार बस्नेत, दमक-१३, झापाका ३८ वर्षीय प्रेस गिरी र घोरही ठाकुर-९ का टोपबहादुर बस्नेत भागेका हुन् । ‘हामी अस्पतालबाट भागेर टिक्रिटको आलाम गाउँमा आइपुगेका छौं,’ गिरीले फोनमा भने, ‘यो पहिला बसेको जस्तै ज्यादै असुरक्षित ठाउँ होइन ।’

उनीहरू अस्पतालबाट ४५ मिनेटको गाडी दूरीमा रहेको बस्ती पुगेका हुन् । ‘एक स्थानीय इराकी नागरिकको सहयोगमा यहाँ आइपुगिएको हो,’ उनले भने, ‘पुरै गाउँ छ । हामीलाई पानी प्रशोधन गर्ने निजी फ्याक्ट्रीमा राखिएको छ ।’ उनीहरूले अब भने ज्यान जोगिन्छ भन्ने आशा बढेर आएको बताए । ‘अहिलेसम्म भगवान्ले साथ दिइरहेका छन्,’ गिरीले भने, ‘अब भने बाँचिन्छ भन्ने लागेको छ ।’

इराकी विद्रोहीहरूले उनीहरूलाई सोमबार दिउँसो साढे चार बजेदेखि राति ११ बजेसम्म अस्पतालभित्रै आफ्नो नियन्त्रणमा राखेका थिए । ‘त्यहाँ अरू विदेशी कामदार पनि थिए,’ गिरीले भने । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह