विश्वकप फुटबलका क्वार्टरफाइनल शुक्रबारदेखि

१९ असार २०७१, बिहीबार २१:१० मा प्रकाशित

काठमाडौं, १९ असार । ब्राजिलमा भइरहेको विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनल चरण प्रवेशका लागि शीर्ष आठ टिम आमनेसामने हुने भएका छन् ।
भोलि (शुक्रबार) देखि सञ्चालन हुने बीसौँ संस्करणका क्वार्टरफाइनल खेलमा युरोपका चार, दक्षिण अमेरिकाका तीन तथा उत्तर अमेरिकाको एक टिमले सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा ब्राजिल, नेदरल्यान्डस्, फ्रान्स, जर्मनी, बेल्जियम, अर्जेन्टिना, कोलम्बिया र कोस्टारिकाले सेमिफाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्न लागेका हुन् । यी आठै टिम आ–आफ्नो समूहको समूह विजेता हुन् ।
ब्राजिल समूह ‘ए’, नेदरल्यान्डस् ‘बी’, फ्रान्स ‘ई’, जर्मनी ‘जी’, बेल्जियम ‘एच’, अर्जेन्टिना ‘एफ’, कोलम्बिया ‘सी’ र कोस्टारिका समूह ‘डी’को समूह विजेता टिम हुन् ।
भोलि शुक्रबारको पहिलो खेल बेलुका ८ बजेर ४५ मिनटमा फ्रान्सले जर्मनीको सामना गर्नेछ । दोस्रो खेल बिहान १ बजेर ४५ मिनटमा ब्राजिल र कोलम्बिया आमनेसामने हुने छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विगत् १० महिनादेखि श्रीलंका कारागारमा रहेका २६ नेपाली महिला तत्काल छुट्ने सम्भावना नरहेको श्रीलंकास्थित नेपाली दूतावासले जनाएको छ

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर भएपछिको परिस्थितिबारे नेकपाको दाहाल-नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल शुरु गरेको छ ।

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक