संसद् कोषको रकम बढाउन सरकार सकारात्मक

१९ असार २०७१, बिहीबार १६:२२ मा प्रकाशित

काठमाडौं, १९ असार । संसद् विकास कोषको रकम बढाएर पाँच करोड पुराउनुपर्ने सभासदहरुको मागप्रति सरकार सकारात्मक देखिएको छ ।

नेपाली कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सभासदहरुले कोषको रकम बढाउन दवाद दिएका थिए । सभासदहरुले कोषको रकम १० लाखबाट बढाएर पाँच करोड पुराउनुपर्ने माग राख्दै आएका छन् ।
सभासदहरुको मागप्रति सरकार सकारात्मक रहेको भन्दै कांग्रेस केन्द्रीय सदस्य एवम् सिँचाइ मन्त्री नारायणप्रसाद साउदले आर्थिक क्षमताले भ्याएसम्म कोष वृद्धि गरिने बताए ।

बैठकमा सभासदहरुले २ सय ४० निर्वाचन क्षेत्रमा सन्तुलित तवरले बजेट पुराउन एवम् स्थानीय निकायले सिफारिश गरेका योजना र कार्यक्रमको प्राथमिकीकरण गरी विकास निर्माणलाई प्रभावकारी बनाउन पनि माग गरे ।

विगत चार दिनदेखि बैठकमा केन्द्रीय सदस्य एवम् सभासदहरूले सरकारका गतिविधि र नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै आएका छन् ।

सभासदहरुले पहुँचका आधारमा नभई सन्तुलित रुपमा सरकारका कार्यक्रम र बजेटको बाँडफाँड हुनुपर्ने माग गर्दै हरेक क्षेत्रका जनताले विकासको प्रत्याभूति गर्न पाउने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइपछि सो कदम असंवैधानिक भएको ठहर गर्दै पुनःस्थापना

काठमाडौं । नेपाली सेनाले सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र