अस्पतालमा सर्पदंश उपचार केन्द्र

१९ असार २०७१, बिहीबार १५:३० मा प्रकाशित


चितवन, १९ असार । चितवनको भरतपुर अस्पताल राजधानी बाहिर सर्पदंशका बिरामीको उपचार केन्द्रका रुपमा विकास हुँदै गएको छ ।

छिमेकी जिल्लाहरुमा सर्पदंशको बढी समस्या देखिने र त्यसको उपचारका लागि अस्पताल नभएपछि त्यो कमी भरतपुर अस्पतालले पूरा गरेको छ ।

तराईमा सर्पदंशको प्रभाव बढी हुन्छ । राजधानी काठमाडौँ पुग्न टाढा हुने र समयमा उपचार हुन नसके सर्पदंशका बिरामीको मृत्यु हुने हुँदा भरतपुरमा बिरामीको चाप बढी भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हरिबहादुर केसीले बताए ।

भरतपुर अस्पतालमा सघन उपचार कक्षसमेत रहेको छ । जुन सर्पदंशका बिरामीका लागि अत्यावश्यक छ । यहाँ सर्पदंशका बिरामीको उपचारका लागि विशेषज्ञसमेत भएकाले पनि छिमेकी जिल्लाबाट भरतपुर अस्पतालमा बिरामी पठाउने गरेको पाइएको छ ।

सर्पदंशका बिरामीको उपचार गर्दै आएका अस्पतालका वरिष्ठ फिजिसियन डा.विजय पौडेलले गत एक वर्षमा ६ सय जना बिरामी उपचारका लागि आएको बताए ।

यो वर्षको हालसम्म नौ जना उपचारका लागि आएकामा तीन जनाको मृत्यु भएको समेत उनले बताए । जसमध्ये दुई जना रुपन्देहीका र एक जना चितवनका छन् ।

गत वर्षहरूमा सर्पदंशका बिरामीका लागि प्रयोग हुने एन्टी स्नेक भेनमको अभाव भए पनि यस वर्ष जगेडा रहेको डा.पौडेलले बताए ।
सरदर एक बिरामीका लागि ३० भायल आवश्यक पर्ने एन्टी स्नेक भेनम भरतपुर अस्पतालमा हाल ४ सय ८० भायल रहेको उनले बताए । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११