कृषि उपज सङ्कलन केन्द्र निर्माण

१९ असार २०७१, बिहीबार १०:२८ मा प्रकाशित

म्याग्दी, १९ असार । म्याग्दीको उत्तरी क्षेत्र घार गाविसका किसानले कृषि उपज सङ्कलन केन्द्र निर्माण गरेका छन् ।

गाउँमा उत्पादित तरकारी, फलफूललगायतका कृषि उपज सङ्कलन गरी सहज रुपमा बजारीकरण गर्न चार लाखभन्दा बढीको लगानीमा मालिका कृषक समूहमा आबद्ध किसानले घार–५ मा केन्द्र निर्माण गरेका हुन् ।

उत्पादनलाई बजारमा लैजान कृषकले धेरै समय खर्चनुपर्ने र त्यसमा पनि उचित मूल्य तथा बजार नपाउने समस्या भएपछि सबैले उत्पादन गरेको तरकारी, आलु र फलफूल केन्द्रमा सङ्कलन गरी एकीकृत रुपमा बजारमा पुराउने व्यवस्था मिलाउन केन्द्र स्थापना गरिएको समूहका सचिव बेलबहादुर बरुवालले जानकारी दिए ।

समूहमा आबद्ध २५ जनाले जिल्ला कृषि विकास कार्यालयको आर्थिक सहयोगमा श्रमदान गरेर निर्माण गरेको केन्द्रबाट घार–५, ६ र ७ का डेढ सय घरधुरी कृषक लाभान्वित हुने सचिव बरुवालले बताए ।

केन्द्रको भवन निर्माणका लागि जिल्ला कृषि विकास कार्यालयले एकीकृत बाली तथा जलस्रोत व्यवस्थापन आयोजनाअन्तर्गत दुई लाख ५० हजार अनुदान सहयोग गरेको भवन निर्माण समितिका अध्यक्ष फौदबहादुर बरुवालले जानकारी दिए ।

अध्यक्ष बरुवालका अनुसार कृषि उपज सङ्कलन केन्द्रको दुईकोठे भवन निर्माण गर्न समूहमा आबद्ध किसानले ३० हजार तथा ४० हजार बराबरको श्रमदान गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । स्वदेशी उत्पादनलाई बढावा दिँदै आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने लक्ष्यका साथ नेपाल उद्योग परिसङ्घले ‘मेक इन नेपाल स्वदेशी

दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन्

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ