नागरिकताका लागि निरन्तर पहल गर्न एनआरएनद्धारा अपिल

४ जेष्ठ २०६९, बिहीबार १८:३२ मा प्रकाशित

चिरन शर्मा, लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राजनैतिकहरु बिच भएको सहमतिले जेष्ठ १४ गते भित्र संविधान जारी हुने वातावरण सृजना भएको भन्दै सबै पक्षलाई नेपाली नागरिकताको निरन्तरताको लागि पहल गर्न आह्वान गरेको छ ।

एनआरएनएले जेष्ठ १४ भित्रै संविधान बन्ने स्थिति बनेकोप्रति विदेशमा बस्ने नेपाली उत्साहित भएको पनि जनाएको छ ।

संघको तर्फबाट अध्यक्ष जीवा लामिछानेले बुधवार प्रेस बक्तब्य जारी गर्दै कानूनविदहरुसँगको परामर्शमा नागरिकता निरन्तरतालाई प्राविधिक रुपमा नयाँ संविधानमा समावेश गर्न मिल्ने गरी तयार पारिएको संघको अवधारणापत्र सम्बन्धित पक्षमा पुर्याई सकिएको उल्लेख गर्दै संघमा आवद्ध सदस्यहरु विदेशमा रहेका राजनैतिक संघका भातृ संगठनहरु, गैरआवासीय नेपालीहरुका स्वदेशमा रहेका आफन्त तथा शुभचिन्तकहरु तथा समस्त नागरिक समाजले पनि आ–आफ्नो तर्फबाट नागरिकता निरन्तरताको लागि पहल गर्न अपील गरेका छन् ।

साथै यही मे २१ तारिखका दिन सम्म संघका सबै राष्ट्रिय समन्वय परिषदहरुले सम्बन्धित नेपाली दूतावास र कूटनीतिक नियोग मार्फत एक ज्ञापनपत्र बुझाई यस विषयमा नेपाल सरकारलाई पुनः ध्यानाकर्षण गराउनु हुन एनआरएनका राष्ट्रिय समितिहरुलाई वक्तब्य मार्फत आह्वान गरिएको छ ।

वक्तब्यमा ‘प्रमुख राजनैतिक दलहरु विच हिजो भएको सहमतिले जेष्ठ १४ गते भित्र नेपालको संविधान जारी हुने वातावरण सृजना भएकोमा गैरआवासीय नेपाली संघ उत्साहित भएको छ। सम्वृद्द नेपालको निर्माणमा देश बाहिर रहेका नेपालीहरुलाई सहभागी गराउन संघले उठाउदै आएका ‘नेपाली नागरिकताको निरन्तरता’ लगायतका विषयहरु नयाँ संविधानमा सुनिश्चित हुनेमा हामी विश्वश्त छौं भनिएको छ ।

बक्तब्यमा विदेशको नागरिकता लिदा नेपालको नागरिकता स्वत: रद्द हुने व्यवस्था खारेज गरी एक पटकको नेपाली सधैको नेपाली हुन पाउने हाम्रो चाहना पुरा गर्ने प्रतिवद्दता राजनैतिक दलका शीर्ष नेताहरु, राष्ट्रपति, प्रधानमन्त्री, सभासद लगायत सबै पक्षबाट पटक पटक हुदै आएको स्मरण गराउन चाहन्छु’ उल्लेख छ ।

लामिमछानेले संघ स्थापनाको शुरु देखि आज सम्म देश भित्र र बाहिर भएका विभिन्न अन्तर्कृया, सम्मेलन तथा औपचारिक र अनौपचारिक कार्यक्रमहरुमा शीर्ष नेताज्यूहरु तथा सभासदहरुलाई आमन्त्रित गरी लगातार यस बिषयमा छलफल हुदै आएको भन्दै नागरिकताको निरन्तरता नेपालको हितमा रहेको आम धारणा बनेको बताएका छन । उनले यसलाई नयाँ संविधानमा लिपिबद्ध गर्न भने बाँकी नै छ ।

यसका लागी संघको शीर्षस्थ नेतृत्व र नागरिकता निरन्तरता कार्यदलका सदस्यहरु राजनैतिक दलका नेताहरु, सभासदहरु र संवन्धित पक्षसँग दिनहुँ जस्तो सम्पर्कमा रहनु भएको छ र संविधान बन्ने अन्तिम घडि सम्म यो प्रयास जारी रहने बताएका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद