शिक्षक प्रहरी नियन्त्रणमा

१८ असार २०७१, बुधबार १८:१० मा प्रकाशित

चितवन, १८ असार । आफ्ना माग पूरा नभएको भन्दै जिल्ला शिक्षा कार्यालय चितवनमा दबाब दिन पुगेका शिक्षक नेतासहित २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राहत शिक्षक सङ्घर्ष समितिको पूर्व घोषित कार्यक्रमअन्तर्गत जिल्ला शिक्षा कार्यालय चितवनमा तालाबन्दी गर्नुपूर्व ब्यानर टाँग्दै गर्दा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

क्रममा नेपाल शिक्षक युनियनका अध्यक्ष हरिप्रसाद आचार्य, नेपाल शिक्षक सङ्घका अध्यक्ष धु्रवराज पोखरेल, अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष पूर्ण दवाडी, नेपाल शिक्षक लोकतान्त्रिक मञ्च चितवनका सचिव गुरुप्रसाद पौडेल राहत शिक्षक सङ्घर्ष समिति चितवनका कार्यबाहक अध्यक्ष सूर्यराज बराललगायत रहेको शिक्षक सङ्गठनका अध्यक्ष दवाडीले बताए ।

बिनाकारण आफूमाथि प्रहरी हस्तक्षेप भएको भन्दै शिक्षकसँग आबद्ध सङ्घ सङ्गठनले आपत्ति जनाएका छन् । सरकारले आफूहरुलाई महँगी भत्ता उपलब्ध गराउनुपर्ने, दुर्गम भत्ता पाउनुपर्ने, पोसाक भत्ता उपलब्ध गराउनुपर्ने, शिक्षा नियमावलीमा राहत शिक्षकका बारेमा उल्लेख गरिनुपर्नेलगायतका माग राखेर आन्दोलन गर्दै आएका छन् ।

चितवनमा ४ सय ७ जना राहत शिक्षक रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी

कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा