सिल्भरस्प्रिंगमा नेपाली उद्योगपति व्यापारीहरुको प्रतिनिधि मण्डलसंग साक्षात्कार

४ जेष्ठ २०६९, बिहीबार १८:१९ मा प्रकाशित

बिजय थापा, मेरिल्याण्ड, अमेरिका । अमेरिकाको मेरिल्याण्ड राज्यको सिल्भरस्प्रिंग स्थित नेपाली समुदायको चर्चित चमेना गृह घर ए कवाफमा नेपाल उद्योग बाणिज्य महासंघका अधक्ष्य सुरज वैद्य तथा अमेरिका भ्रमणमा रहेको नेपाली उद्योगपति व्यापारीहरुको प्रतिनिधि मण्डलसंग साक्षात्कार साक्षात्कार कार्यक्रमको आयोजना गरियो ।साक्षात्कार कार्यक्रमको एक सवालको जवाफमा नेपाल उद्योग बाणिज्य महासंघका अधक्ष्य सुरज वैद्यले भ्रष्टचार सम्बन्धि आफ्नो अभिव्यक्ति खुल्ला रुपमा प्रस्तुत गर्दै आफ्नो ईमान्दारीताको परिचय दिनु भयो । वहाको अभिव्यक्तिले पृथक स्थान ओगट्न सफल भै वहा जस्तो ईमान्दारी व्यक्तित्व तथा उधोगपतिको सरल उत्तरले वाशिंगटन डिसी क्षेत्र भित्र बसोबास गर्नु हुने लब्ध प्रतिष्ठित व्यक्तित्व ,बिभिन्न संघ तथा संस्था प्रतिनिधि तथा संचार माध्यमकर्मीहरुको तर्फबाट प्रशंशा प्राप्त गर्नु भयो ।जुन कुराको खुलाशाले सबैको ध्यानाकर्षण गरायो । उक्त प्रतिनिधि मण्डलमा क्रमस : निर्मल राज पौडेल ,टिका राज ढकाल,मिंग्मा दोर्जी शेर्पा ,सुबाश पाण्डे(प्रधान मन्त्रीका स्वकीय सचिब ) ,गोपाल खनाल ,हेम राज पाठक ,रोजी खनाल सिंह ,उषा खतिवडा ,मिलन महर्जन ,छिरिंग लामा तथा प्रबिना पाण्डे हुनु हुन्थ्यो ।

उक्त कार्यक्रम अनौपचारिक भएता पनि कार्यक्रमको आयोजना संचार माध्यममा लामो समय देखि संलग्न हुनु हुने सगरमाथा टेली भिजन अमेरिकाका प्रमुख संचालक तथा गैर आवासीय संघ अमेरिकाका उप क्षेत्रीय संयोजक राम खरेल राम चन्द्र खरेलको अगुवाईमा सम्पन्न भएको थियो । वाशिंगटन डिसी क्षेत्र भित्र पहिले देखिने बसोबास गर्दै आउनु भएका लेखा परीक्षक तथा लाउडन काउन्टीका प्रजातान्त्रिक दलका तर्फबाट उक्त काउन्टीका कोषाधक्ष हरि शर्माले सबैलाई हार्दिक स्वागत गर्दै सारगर्भित मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको सुरुवात परिचयात्मक रुपमा गरिएको थियो भने कार्यक्रममा सबैलाई हार्दिक स्वागत राम चन्द्र खरेल ज्युले गर्नु भै कार्यक्रम औपचारिक नभै अनौपचारिक भएको जानकारी गराउदै सबैलाई छोटो परिचय दिन आग्रह गर्दै उल्लेखनीय उपस्थिति सबैले परिचय दिएका थिए । अमेरिकाका राज्य बिभागका प्रतिनिधि मितुल देसाईले सबैलाई स्वागत गर्दै खुशी ब्यक्त गर्दै आफ्नो तर्फबाट प्रवासमा रहनु हुने सम्पूर्ण समुदायले गरेको कार्य प्रति आफुलाई गर्व भएको महसुस भएको ,सबैलाइ सहयोग गर्ने र अमेरिका तथा नेपालको सम्बन्धको चर्चा गर्दै प्रवासमा उल्लेखनीय नेपालको नाम राख्ने नेपाली केहि व्यक्तिहरुको नाम लिने क्रममा दर्शन रौनियारको नाम समेत लिनु भएको थियो । नेपालमा आउनु हुने र बाणिज्य सम्बन्धि अन्य बिकाश बिषयमा आफुसंग छलफल गर्न तैयार रहेको बिस्वस्त दिलाउनु भएको थियो ।

यसै गरि नेपाली राजदूताबासका नियोग, उप प्रमुख अर्जुन कान्त मैनालीले नेपाल उद्योग बाणिज्य महासंघका अधक्ष्य सुरज वैद्य योग्य तथा अनुभवी उद्योगपति र नेतृत्व क्षमता भएको व्यक्तित्व भन्दै प्रशंसा गर्नु भएको थियो र बाणिज्य सम्बन्धि धेरै ज्ञान रहेको छ भने थप जानकारी गराउनु भएको थियो,अर्का वक्ता तथा बाणिज्य महादूत प्रेम राजा महतले स्वागत गर्दै वहाहरुको लागि नै आगामी बिहिबार अन्तरक्रिया कार्यक्रम राखेको भन्दै आयोजकलाई धन्यबाद ब्यक्त गर्दै आफु कम बोल्ने र आफ्नो कार्यक्रममा धेरै कुराहरु राख्ने प्रतिबद्दता जाहेर गर्दै सबैलाई सहभागीको लागि आग्रह गर्नु भयो ।

आफ्ना प्रतिनिधि मण्डलसंग अमेरिका भ्रमण सम्बन्धि प्रकाश पार्दै धेरै सारगर्भित मन्तब्य व्यक्त गर्दै मुलुक बाहिर बसोबास गर्नेले नेपाललाई जस्तो सोचेको जस्तो मुलुक नभएको ,सबैले नेपाल आमा र नेपाल प्रति माया दर्शाउनु पर्ने आग्रह गर्दै मुलुकले आर्थिक क्षेत्रमा ठुलो फडका हानेको ,लगानीमा बृद्दी ,उत्पादनमा दोब्बर भएको ,पर्यटकमा २७ प्रतिसतले बृद्दी ,बिदेसबाट पनि लगानी कर्ताको व्यापक सहभागी हुने क्रम जारी ,नेपालको सुर्य चुरोट कम्पनीले लगानीमा दोब्बर गरेको र नेपाल उद्योग बाणिज्य महासंघ मुलुकमा दिगो शान्ति तथा आर्थिक बृद्दीको चाहना राखेको उल्लेख गर्नु भयो भने आफ्नो मन्तब्य ब्यक्त गर्ने क्रममा वर्तमान प्रधान मन्त्रि बाबुराम भट्टराईको प्रसंसा गर्दै बिप्पा (द्विपक्षीय लगानी प्रबर्धन तथा सुरक्षा सम्झौता ) र दोहोरो कर प्रणाली सम्बन्धि सम्झौता गर्न सफल भएकोमा खुसि ब्यक्त गर्नु भयो ।

रोजगारीको बिकराल समस्या मुलुकले भोगेकोले १० लाख नेपालीहरुको रोजगारीको लागि सबैखाले योजना तर्जुमा गर्न कतिबद्द रहेको र प्राथमिकता पनि रहेको जानकारी गराउनु भयो । मुलुकको आर्थिक बृद्दीको लागि हर कोसिस गर्ने प्रतिबद्दता व्यक्त गर्दै उपस्थित मान्यबरहरुको सबैको जवाफ दिनु भएको थियो ।

कार्यक्रमको अन्त्यमा सबैलाई धन्यबाद दिदै गैर आवासीय संघ अमेरिकाका उप क्षेत्रीय संयोजक राम खरेल राम चन्द्र खरेलज्युले रात्रिभोजको प्रायोजक तथा उपस्थित भै कार्यक्रमको शोभा बढाई दिनु सबै गरिमाय व्यक्तित्वहरुलाई कृतज्ञता ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद