पाँच करोडका लागि कांग्रेसको दबाब

१८ असार २०७१, बुधबार ०७:३१ मा प्रकाशित

काठमाडौं, १८ असार । कांग्रेसका सभासद्ले प्रत्येक निर्वाचन क्षेत्रमा पाँच करोड रुपैयाँ विनियोजन गर्न चर्को दबाब दिएका छन्।

मंगलबार बसेको कांग्रेस केन्द्रीय समिति र सभासद्हरूको संयुक्त बैठकमा अधिकांश सभासद्ले सबै जिल्लामा समानुपातिक विकास अघि बढाउन आर्थिक वर्ष २०७१र०७२ को बजेटमा यस्तो व्यवस्था गर्न दबाब दिएका हुन्।

कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पनि जनप्रतिनिधिका नाताले निर्वाचन क्षेत्रमा जनताका विकास कार्यक्रम अघि बढाउन आवश्यक बजेट विनियोजन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

‘जनप्रतिनिधिले जनतालाई ध्यान दिनुपर्छ, त्यसका लागि उनीहरूले आफ्नो क्षेत्रमा विकास गर्न पाउनुपर्छु, देउवाले बैठकमा राखेका धारणा उद्‌धृत गर्दै एक सभासद्ले भने, ‘६ खर्बको बजेटमा १२ अर्ब ठूलो पैसा होइन। कांग्रेस नेतृत्वमा सरकार भएका बेला केही न केही नयाँ गर्नैपर्छ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न