बृहद मधेसी मोर्चाद्धारा संसद बैठक अवरुद्ध

४ जेष्ठ २०६९, बिहीबार १७:२७ मा प्रकाशित

काठमाडौ, ४ जेठ । तीन दलवीच भएको ११ प्रदेश बनाउने सहमति खारेज गर्न माग गर्दैै बृहद मधेसी मोर्चाले ब्यवस्थापिका संसदको आजबाट सुरु भएको बैठक अवरुद्ध गरेको छ ।
एमाले र नेपाली काग्रेस बाहेकका दलका मधेसी सभासदहरु सम्मीलित मोर्चाले ११ प्रदेश बनाउने सहमति खारेज गर, जेठ १४ गते नयाँ संविधान जारी गर भन्ने नारा लगाउँदै संसद बैठक अवरुद्ध पारेको थियो ।
बैठकमा बोल्दै मोर्चाका तर्फबाट माओवादी सभासद प्रभु साहले पहिचान र आधार बेगरको ११प्रदेशको सहमति खारेज हुनु पर्ने भन्दै खारेज नभएसम्म संसद अवरुद्ध पारिरहने चेतावनी दिएका थिए ।
सभामुख सुवास नेम्वाङले बारम्बार संविधान संसोधन गर्न नदिईए जेठ १४ गतेभित्र संविधान जारी हुन नसक्ने भन्दै बैठक सूचारु गर्न बारम्बार आग्रह गरे पनि उनीहरुले अवरुद्ध पारेपछि बैठक भोली तीन बजेसम्मकोलागी स्थगित गरिएको थियो ।
आजको बैठकमा सरकारको तर्फबाट अन्तरिम संविधान संसोधन विद्येयक पेश गर्ने कार्यक्रम रहेको थियो । सरकारले संविधान जारी गर्ने प्रकृया छोट्याएर एकै पटक पारित गर्ने ब्यवस्था गर्न लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिराका कारण ६ परिवार विस्थापित भएका छन् । छिपछिपेमा पाँच र महभिरमा

काठमाडौँ । निर्वाचन आयोगले नेपाल सरकारबाट तोकिएको आउँदो मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न