नेपाल र ओलीका समर्थकको आआफ्नै दावी

१७ असार २०७१, मंगलवार २१:२० मा प्रकाशित

काठमाडौं, १७ असार । एमालेका नेताहरुले वरिष्ठ नेता माधव नेपाल र संसदीय दलका नेता केपी ओलीका पक्षमा खुलेर मत माग्न थालेका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनीहरुले नेपाल र ओलीको पक्षमा मत मागे । ओली पक्षधर नेताहरुले ओली नै अध्यक्ष बन्ने दावी गरे भने नेपाल समूहका नेताहरुले नेपाल नै अध्यक्षमा निर्वाचित हुने बताए ।
पोलिटब्यूरो सदस्य समेत रहेका स्वास्थ्यमन्त्री खगराज अधिकारीले पार्टीको नयाँ अध्यक्ष ओली नै हुने बताए । उनले भने, ‘ओलीलाई एमालेको भावी अध्यक्ष बन्नबाट रोक्न सक्ने अधिकार कसैमा छैन ।’
उनले ७५ प्रतिशत मत पाएर ओली अध्यक्षमा विजयी बन्ने दावी गर्दै वर्तमान पार्टी अध्यक्ष झलनाथ खनालले समेत ओलीलाई नै सहयोग गर्ने बताए ।
अधिकारीले नेता नेपाल पार्टीमा विचारक नभई समन्वयकारी भूमिकामा मात्रै रहेको बताए ।
केन्द्रीय सदस्य योगेश भट्टराईले जनताको बहुदलीय जनवादको ब्याख्याता ओली नभई नेपाल भएको दावी गरे । उनले विचार नभएका ओलीले नेतृत्व लिए पार्टी भद्रगोल हुने चेतावनी दिए । उनले भने, ‘विचार र नेतृत्वको तारतम्य नमिल्दा पार्टीमा समस्या आएको हो ।’
केन्द्रीय सदस्य किरण गुरुङले जनताको बहुदलीय जनवादलाई जीवन्त बनाउने काम ओलीले गर्दै आएको बताए । उनले अबको नेतृत्व पनि उनले नै गर्न पाउनु पर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई