‘भेरिएसन’को रकम तत्काल उपलब्ध नगराउनु

१७ असार २०७१, मंगलवार १६:०२ मा प्रकाशित

काठमाडौं, १७ असार । सार्वजनिक लेखा समितिले चमेलिया जलविद्युत् आयोजनामा ठेकेदारले माग गरेको ‘भेरिएसन’बापतको रकम तत्काल उपलब्ध नगराउन सरकारलाई निर्र्देशन दिएको छ ।
समितिको आज बसेको बैठकले भेरिएसनबापतको रकम ठेकेदारलाई अर्काे निर्देशन नभएसम्मका लागि भुक्तानी नगर्न निर्देशन दिएको हो । आयोजना निर्माण, विद्युत् खरिदलगायतका विषयमा भएको छलफलपछि समितिले सरकारलाई उक्त निर्देशन दिएको हो ।
बैठकमा ऊर्जामन्त्री राधा ज्ञवालीसहित मन्त्रालयका प्रतिनिधिले विद्युत् नीति, विद्युत् खरिद प्रक्रिया र अनुमतिपत्र वितरणसम्बन्धी नीति बनाउने बताइन् ।
बैठकमा ऊर्जा विकासबारे विस्तृत नीति तय गर्न एक संसदीय समिति गठन गरिनु पर्ने आवश्यकता सभासदहरुले औँल्याएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका

सरकारको स्वामित्वमा सञ्चालित हेटौडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित घ्यू जापानमा निर्यात हुन थालेपछि माग समेत बढेको छ । आयोजनाका प्रमुख

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार

काठमाडौं । आफूलाई घरखर्च चलाउन वा कुनै व्यावसायिक काम गर्नका लागि तपाईंले बैंक तथा वित्तीय संस्थामा धाएर नै जानुपर्ने बाध्यताको