सिँचाइ आयोजनाबाट २४० कर्मचारी हटाउनेको विरोध

१७ असार २०७१, मंगलवार १५:४० मा प्रकाशित

विराटनगर, १७ असार । लामो समयदेखि सुनसरी–मोरङ सिँचाइ आयोजना विराटनगरमा कार्यरत ज्यालादारी तथा करारका कर्मचारीलाई हटाउने निर्णयप्रति विरोध दर्शाइएको छ ।

सिँचाइ मन्त्रालयअन्तर्गत ठूलो आयोजनाको रुपमा रहेको सुनसरी–मोरङ सिँचाइ आयोजनामा हाल २४० जना ज्यालादारी तथा करारका कर्मचारी रहेको र तिनीहरुलाई हटाइए आन्दोलनमा उत्रने चेतावनी सो आयोजनाको ज्यालादारी कर्मचारी समन्वय समिति विराटनगरले दिएको छ ।

साथै, कुनै पनि सुविधा नपाएका र ज्यालादारीमा काम गर्ने कर्मचारीलाई उमेर हद ५८ वर्ष लगाएर हटाउनू भनी सिँचाइ विभागले पठाएको पत्र पनि फिर्ता गर्न समन्वय समितिका अध्यक्ष काजी कार्कीले माग गर्नुभएको छ ।

समितिद्वारा आज जारी प्रेस विज्ञप्तिमा उक्त आयोजनाको सुरक्षा तथा सेवामा समर्पित ज्यालादारी कर्मचारीलाई निजामती सेवा ऐन र नियमावलीले ज्यालादारीे कर्मचारीलाई उमेर हदले नछोएकाले बिनाकारण सिँचाइ विभागले हटाउने प्रक्रिया गलत भएको जनाइएको छ ।

विभागको पत्रका आधारमा आयोजनाबाट हाल काम गरिरहेको ज्यालादारी कर्मचारीलाई मौखिक सूचना प्रवाह गरी सेवाबाट हटाउने कार्य निन्दनीय भएको उक्त समितिका केन्द्रीय अध्यक्ष दुर्गा राईले बताए ।

यसैबीच, आयोजनाको विकास निर्माण तथा नहर सफाइमा भएको भ्रष्टाचारको जल उपभोक्ताहरुले छानबिन गर्न माग गरेका छन् । सो आयोजनाबाट सुनसरी र मोरङ जिल्लाका ६८ हजार बिघा जमिन सिञ्जित हुँदै आएको छ ।

आयोजना प्रमुख रमेश बस्नेतसँग प्रतिक्रियाका लागि सम्र्पक गर्न खोज्दा भेट हुन सकेन ।

प्रतिक्रिया
सम्बन्धित खवर

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा