निर्देशक खरेललाई दीर्घ साधना पुरस्कार

१७ असार २०७१, मंगलवार ०८:२९ मा प्रकाशित

काठमाडौं, १७ असार । राष्ट्रपति डा.रामवरण यादवले वरिष्ठ चलचित्र निर्देशक यादव खरेललाई दीर्घ साधना सम्मानबाट पुरस्कृत गरेका छन् ।

चलचित्र विकास बोर्डले राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजना गरेको पुरस्कार वितरण समारोहमा राष्ट्रपति डा.यादवले दुई लाख ५१ हजार राशिसहित सम्मानपत्र खरेललाई प्रदान गरेका हुन् ।

आदिकवि भानुभक्त, पे्रमपिण्ड, श्रीस्वस्थानी, चेलीबेटी र लोभीपापीजस्ता सफल चलचित्रको निर्देशन गरेका खरेललाई उनको क्षमता र योग्यताको सम्मान गर्दै पुरस्कार प्रदान गरिएको बोर्डले जनाएको छ ।

हरेक वर्ष प्रदान गर्नुपर्ने पुरस्कार बोर्डले चार वर्षको एकै पटक प्रदान गरेको हो ।

यसैगरी २०६७ को उत्कृष्ठ चलचित्रमा ‘बाटोमुनीको फूल’ पुरस्कृत भएको छ । २०६८ को ‘मसान’, २०६९ को ‘नोटबुक’ र २०७० को ‘साँघुरो’लाई पुरस्कृत गरिएको छ । सांस्कृतिक चलचित्रको सम्मान ‘सुम्निमा’ले पाएको छ ।

यसैगरी २०६७ सालको उत्कृष्ट अभिनेतामा आर्यन सिग्देल र अभिनेत्रीमा रेखा थापा, उत्कृष्ट चलचित्र निर्देशकमा सुरज सुब्बा नाल्बो सम्मानित भएका छन् ।

यस्तै २०६८ को उत्कृष्ट अभिनेतामा सौगात मल्ल र अभिनेत्रीमा निता ढुङ्गाना पुरस्कृत भएका छन् । उत्कृष्ट चलचित्रको पुरस्कार ‘मसान’ले जितेको छ । हाल अस्वस्थ भई स्वास्थ्योपचार गरिरहका निर्देशक नीर शाहले सो चलचित्रको निर्देशन गरेका हुन् ।

यस्तै २०६९ सालको उत्कृष्ट अभिनेत्रीमा झरना थापा र अभिनेतामा विल्सनविक्रम राई पुरस्कृत भएका छन् । २०७० सालको उत्कृष्ट अभिनेत्रीको अवार्ड गरिमा पन्तले हात पारिन् । अभिनेताको उपाधि  सुसाङ्क मैनालीले हात पारे ।

हरेक वर्ष चलचित्रकर्मीलाई पुरस्कृत गर्ने बोर्डको परम्परा रहेपनि विगत चार वर्षदेखि सो कार्यक्रम हुन सकेको थिएन ।

राष्ट्रिय चलचित्र पुरस्कार २०६७ 

सर्वोत्कृष्ट अभिनेता – आर्यन सिग्देल (कोही …. मेरो)

सर्वोत्कृष्ट अभिनेत्री – रेखा थापा (बाटोमुनिको फूल)

सर्वोत्कृष्ट निर्देशक – सुरज सुब्बा (बाटोमुनिको फूल)

सर्वोत्कृष्ट चलचित्र – बाटोमुनिको फूल

सर्वोत्कृष्ट पटकथा – सुरज सुब्बा (बाटोमुनिको फूल)

सर्वोत्कृष्ट छायांकन– सञ्जन लामा (बाटोमुनिको फूल)

सर्वोत्कृष्ट कला निर्देशन– निर्जल श्रेष्ठ (कसले चोर्‍यो मेरो मन)

सर्वोत्कृष्ट सम्पादन– विपिन मल्ल (बाटोमुनिको फूल)

राष्ट्रिय चलचित्र पुरस्कार २०६८ 

सर्वोत्कृष्ट अभिनेता – सौगात मल्ल (लुट)

सर्वोत्कृष्ट अभिनेत्री – नीता ढुङ्गाना (मसान)

सर्वोत्कृष्ट निर्देशक – उज्ज्वल घिमिरे (अन्दाज)

सर्वोत्कृष्ट चलचित्र – मसान

सर्वोत्कृष्ट पटकथा – कर्ण शाक्य (पल)

सर्वोत्कृष्ट छायांकन– विष्णुकल्पित घिमिरे (अन्दाज)

सर्वोत्कृष्ट द्वन्द्व निर्देशन– योगेन्द्र श्रेष्ठ (लुट)

सर्वोत्कृष्ट सम्पादन– सुरेन्द्र पौडेल (लुट)

राष्ट्रिय चलचित्र पुरस्कार २०६९ 

सर्वोत्कृष्ट अभिनेता – विल्सनविक्रम राई (रिदम)

सर्वोत्कृष्ट अभिनेत्री – झरना थापा (फेसबुक)

सर्वोत्कृष्ट निर्देशक – दिनेश डिसी (मायाज् बार)

सर्वोत्कृष्ट चलचित्र – नोटबुक

सर्वोत्कृष्ट पटकथा – देव नेपाल (मेरो कथा)

सर्वोत्कृष्ट छायांकन– पुरुषोत्तम प्रधान (भिजिलान्ते)

सर्वोत्कृष्ट श्रृङ्गार– नीमा लामा (धन्दा)

सर्वोत्कृष्ट सम्पादन– वनिश शाह (नोटबुक)

सर्वोत्कृष्ट गायन – रजिना रिमाल (रिदम– पागल म बन्न सक्छु …)

साँस्कृतिक चलचित्र पुरस्कार– सुम्निमा (एभरेस्ट कल्चर एन्ड मिडिया एकेडेमी)

राष्ट्रिय चलचित्र पुरस्कार २०७०

सर्वोत्कृष्ट अभिनेता – सुशांक मैनाली (साँघुरो)

सर्वोत्कृष्ट अभिनेत्री – गरिमा पन्त (झोला)

सर्वोत्कृष्ट निर्देशक – दीपा बस्नेत (अन्तराल)

सर्वोत्कृष्ट चलचित्र – साँघुरो

सर्वोत्कृष्ट पटकथा – विनोद पौडेल (साँघुरो)

सर्वोत्कृष्ट छायांकन– गौरीशंकर धुजु (शिरिषको फूल)

सर्वोत्कृष्ट गीतकार– कृष्णहरि बसाल (नाइँ नभन्नु ल–२)

सर्वोत्कृष्ट संगीतकार– वसन्त सापकोटा (नाइँ नभन्नु ल–२)

सर्वोत्कृष्ट सम्पादन– लोकेश बज्राचार्य (कर्कश)

साँस्कृतिक चलचित्र पुरस्कार– कुसुम (शेर्पा आदिवासी फिल्मस्)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्तले दोस्रो विवाह गरेकी छिन् । चार वर्ष लामो प्रेम सम्बन्धलाई उनले बुधबार विवाहमा परिणत

काठमाडौं । दुई वर्ष अघि निर्माण तथा प्रदर्शन भएको चलचित्र प्रसादले व्यावसायिक सफलता हाँसिल गरेपछि अब यसको सिक्वेलका रूपमा चलचित्र

काठमाडौं । युवा गायक प्रविन राजथलाले आफ्नो नयाँ म्युजिक भिडियो ‘कान्छीको सम्झनामा’ सार्वजनिक गरेका छन् । अमेरिकामा बसेर आफ्नो संगीत

मुम्बाइ । बलिवुड अभिनेत्री करीना कपूर दोस्रो पटक आमा बनेकी छन् ।करीनाले आइतबार विहान छोरालाई जन्म दिएकी हुन् । भारतीय