संघीयतमा पुर्नविचार नगरिए सरकार छाडेर आन्दोलनमा जाने मोर्चाको चेतावनी तीन दललाई

४ जेष्ठ २०६९, बिहीबार १३:३४ मा प्रकाशित


काठमाडौ, ४ जेठ । तीन दलवीच भएको ११ प्रदेश सहितको संघीयता निर्माणको निर्णयमा पुर्नविचार नगरीए सरकार छाडेर आन्दोलनमा जाने मधेसी मोर्चाका कारण मोर्चा सहित बसेको तीन दलको बैठक फेरि पनि सहमतिमा पुग्न सकेन ।
रक्षामन्त्रालयमा बसेको मोर्चा सहितको तीन दलको बैठकमा मोर्चाले पहिचान बेगरको मधेसलाई पाच टुक्रा बनाउने संघीयता नमान्ने स्पष्ट पार्दै राज्यपुर्नसंरचना आयोगको १० वा राज्य पुर्नसंरचना समितिको १४ प्रदेश हुनु पर्ने अडान राखेको थियो ।
मोर्चाले कसैले गोजिबाट दिएको राज्यपुर्नसंरचना मान्य नहुने भन्दै त्यसमा पुर्नविचार नगरिए सरकारबाट बाहिरिएर आन्दोलनमा जाने कडा चेतावनी दिएको थियो ।
बैठकमा काग्रेस उपसभापति रामचन्द्र पौडेलले भने तीन दलवीच भएको ११ प्रदेशको सहमतिमा तलमाथि नगर्न आग्रह गरेका थिए ।
बैठकमा पनि उनले कही असहमति भएको तर फेरि छलफल गरेर सहमति निकाल्ने विश्वास ब्यक्त गरे ।
सन्चारमन्त्री राजकिशोर यादवले आफूहरुको माग पुरा नभए सरकारबाट बाहिरिने भन्दै आफूहरुको समर्थन विना सहमति पारित गरेर देखाउन चेतावनी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ