राष्ट्रिय प्राथमिकताका विषय समेटिएनः कांग्रेस

१६ असार २०७१, सोमबार १७:३३ मा प्रकाशित

काठमाडौँ, १६ असार । नेपाली कांग्रेस केन्द्रीय समिति र संसदीय दलको आज बसेको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल भएको छ ।
बैठकमा अधिकांश केन्द्रीय सदस्य एवम् सभासद्हरूले हिजोमात्र सरकारले व्यवस्थापिका–संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै आवश्यक सुझाव दिएको केन्द्रीय सदस्य एवम् प्रवक्ता दिलेन्द्रप्रसाद बडूले बताउनुभयो ।
बैठकमा केन्द्रीय सदस्य एवम् सभासद्हरूले नीति तथा कार्यक्रमले ऊर्जासम्बन्धी राष्ट्रिय प्राथमिकताका योजनालाई समेट्न नसकेको गुनासो गरेका थिए ।
हरेक जिल्ला र गाउँमा बजेट बाँडफाँड सन्तुलित तवरले हुुनुपर्ने माग गर्दै केन्द्रीय सदस्य एवम् सभासद्हरूले प्राथमिकतामा परेको ठूला योजनामा लगानीकर्तालाई जानकारी हुने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिएको प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो ।
कार्यबाहक सभापति रामचन्द्र पौडेलको सभापतित्वमा पहिलोपटक बसेको काँग्रेसको बैठकमा संयुक्त राज्य अमेरिकामा उपचाररत सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँको स्वास्थ्य अवस्थाबारे यथार्थ जानकारी गराइएको थियो ।
प्रवक्ता बडूका अनुुसार कार्यबाहक सभापति पौडेलले आज बिहानमात्र सभापति कोइरालासँग टेलिफोन सम्पर्क भएको र चिकित्सकका अनुसार असार १८ देखि २३ गतेसम्म रेडियोथेरापी उपचार विधि सकेर दुई दिन आराम गरी प्रधानमन्त्री कोइराला स्वदेश फर्किनुहुने जानकारी बैठकमा दिनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले