खनालको समर्थन ओलीलाई हुन्छ : पोख्रेल

१६ असार २०७१, सोमबार १३:३७ मा प्रकाशित

काठमाडौं, १६ असार । एमालेका महासचिव ईश्वर पोख्रेलले अध्यक्ष झलनाथ खनालले महाधिवेशनमा अध्यक्षका प्रत्यासी केपी ओलीलाई समर्थन गर्ने दावी गरेका छन् ।
राजधानीमा आज आयोजित कार्यक्रममा महासचिव पोखरेलले समय, परिस्थिति र राष्ट्रिय आवश्यकताका कारण ओलीको विकल्प नरहेको बताए । ‘पार्टी अध्यक्ष झलनाथ खनालले पनि ओलीलाई नै सहयोग गर्नुहुन्छ’, उनले भने, ‘सबैको समर्थन ओलीप्रति छ ।’
उनले अधिकांश महाधिवेशन प्रतिनिधिहरू ओलीलाई नेतृत्व हस्तान्तरणको पक्षमा रहेको बताए । ‘बामदेब गौतम पनि सोही कारण ओलीसँग मिल्नु भएको हो’, उनले भने, ‘यो कुनै गुट होइन । ओलीले सबैको मन जितेर सामूहिक नेतृत्व प्रणाली अघि बढाउनु हुन्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टीको नयाँ निर्णयबारे जानकारी गराउन र

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय

काठमाडौं । नेकपा नामको विवादमा फैसला मिति सरेको छ । आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै ऋषि कट्टेलले निर्वाचन