विषालु च्याउ खाँदा पाँच सिकिस्त

१५ असार २०७१, आईतवार १७:५३ मा प्रकाशित

चितवन, १५ असार । चितवनको विकट काउलेमा विषालु च्याउ खाँदा पाँचजना सिकिस्त बिरामी परेका छन् ।
काउले–३ हात्तीबाङका एकै परिवारका चारजना चेपाङ र छिमेकी एकजना मगर च्याउ खाएर बिरामी भएका हुन् । उनीहरुले शनिबार बिहान जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएका थिए ।
च्याउ खाएको केही घण्टामै बिरामी परेका उनीहरुलाई साँझ मात्र भरतपुर अस्पताल ल्याइएको थियो । विषालु च्याउ खाएर बिरामी हुनेहरूमा ४० वर्षीया कल्पना चेपाङ, ४५ वर्षीया सुन्तली चेपाङ, सात वर्षीया कान्छी चेपाङ, आठ वर्षीय नवीन चेपाङ र स्थानीय खुनबहादुर राना रहेको उनीहरूको उपचारमा संलग्न स्थानीय पुष्म चेपाङले जानकारी दिए ।
बिरामी परेकाहरूमध्ये कान्छीको अवस्था गम्भीर रहेको प्रहरीले आज जानकारी दिएको छ । १२ जना परिवारका सबैले च्याउ खाए पनि अन्यलाई खासै असर नपरेको बताइएको छ । यो चितवनको विकट र पहाडी क्षेत्र हो । त्यहाँबाट तीन\चार घण्टामा मात्रै बिरामीलाई अस्पताल ल्याइएको थियो ।
दुई वर्षअघि चितवनको कविलास चौकीडाँडामा विषालु च्याउ खाँदा एकै परिवारका पाँचजनाको ज्यान गएको थियो भने पाँच वर्षअघि लोथरको कान्दामा विषालु च्याउले एकै परिवारका आठजनाको ज्यान जाँदा एक नाबालक टुहुरो बन्न पुगेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइपछि सो कदम असंवैधानिक भएको ठहर गर्दै पुनःस्थापना

काठमाडौं । नेपाली सेनाले सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र