अहिले सम्म राजनीतिक दवाव आएको छैनः कार्की

१५ असार २०७१, आईतवार २१:१० मा प्रकाशित

जनकपुर, १५ असार । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आयोगको छानबिनको दायरामा आइसकेको व्यक्ति जो सुकै भए पनि कार्वाही हुने बताएका छन् ।
जनकपुर नगरपालिका वडा नं ४ स्थित विश्वनाथप्रसाद साहको घरमा उनका स्वर्गीय बुबा रामरतन साहप्रति श्रद्धाञ्जलि अर्पण गर्न आएका प्रमुख आयुक्त कार्कीले सञ्चारकर्मीलाई सो कुरा बताएका हुन् ।
उनले भने, ‘अख्तियारको एक वर्षको गतिविधिलाई हेर्दा अहिलेसम्म अख्तियारमाथि राजनीतिक हस्तक्षेप भएको पाइएको छैन ।’
शिविरभित्र रहेको माओवादी लडाकुको रकम अपचलन भएकाले यसप्रति अख्तियार के गरिरहेको छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रमुख आयुक्त कार्कीले भने, ‘एउटा विषयको प्रमाण जुटाउन धेरै समय लाग्छ । यस विषयमा छानबिन भइरहेको छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्

काठमाडौं । निर्वाचन आयोगमा सरिता तिवारीको अध्यक्षतामा दर्ता भएको नेकपा एमालेले बैठक बोलाएको छ । सर्वोच्च अदालतले नेकपालाई पार्टी एकीकरणको

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका