मोर्गन कप बास्केटबलमा सुनसरीको विजयी सुरुआत

१५ असार २०७१, आईतवार ०८:३३ मा प्रकाशित

काठमाडौं, १५असार । सुनसरीले दोस्रो मोर्गन कप पुरुष तथा महिला खुला बास्केटबल प्रतियोगताको महिलातर्फ विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार सुनसरीले द न्यु समिट क्लबलाई २७–२५ ले पराजित ग-यो । विजेताकी कृतिले १७ अंक जोडिन् ।
महिलामै प्राइमले मोर्गन इन्टरनेसनल कलेजलाई ६३–१७ को फराकिलो अन्तरले हराउदै लगातार तेश्रो जित दर्ता ग-यो । प्राइमकी शान्ति श्रेष्ठले १६ अंक जोडिन् ।
नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा गुरुकुल, गोल्डेनगेट र पेन्टागन विजयी भए ।
गुरुकुलले न्यु समिटमाथि ९६–४७ को जित प्राप्त ग-यो । विजेताका सदीश प्रधानले ३२ स्कोर गरे । विक्रम डंगोलको १४ अंक सहयोगमा गोल्डेनगेटले ओलम्पियालाई ९३–३० ले पन्छायो । जेनेरेसन एक्स विरुद्धको खेलमा पेन्टागन ७८–३४ ले विजयी भयो । पेन्टागनका विनोद श्रेष्ठले २५ स्कोर गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले म्यान्चेस्टर सिटीलाई २–० ले हराएको छ । यो हारसँगै म्यान सिटीको २१ खेल लामो

स्पेनिस लिग फुटबलमा बार्सिलोनाले ओसासुनालाई २–० ले हराएको छ । गएराति ओसासुनाको मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन योर्डी अल्बा

न्यूजिल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पाँच खेलको ट्वान्टी–ट्वान्टी क्रिकेट सिरिजको चौथो खेलमा शानदार जित हात परेको छ । घरेलु टोलीलाई ५०

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ । गएराति लिभरपुलको मैदानमा भएको खेलमा