नेपाली संस्कृतिको संरक्षण गरिनुुपर्छ : मन्त्री पाण्डे

१४ असार २०७१, शनिबार १६:०३ मा प्रकाशित

काठमाडौँ, १४ असार । ज्येष्ठ नागरिकको अधिकार संरक्षणको क्षेत्रमा काम गर्दैआएको सार नेपाल नामक संस्थाले आज ‘दही चिउरा उत्सव’ मनाएको छ ।

सो अवसरमा गीत, साहित्य, स्वास्थ्य, राजनीति तथा सामाजिक सेवाका क्षेत्रमा योगदान गरेका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा प्रेमध्वज प्रधान, सगुन शाह, ध्रुवबहादुर प्रधान, रत्नशम्शेर थापा, डा. भोला रिजाल, इन्दिरा मानन्धर, लक्ष्मीनाथ शर्मा, देव राना, वसुन्धरा भुसाल, चन्द्रलेखा कायस्थ, लक्ष्मी शर्मा, राधा शर्मा लम्साल तथा न्युजिल्यान्डकी पशुअधिकारकर्मी केट् केल्डन र संयुक्त राज्य अमेरिकाकी मानसिक स्वास्थ्य सेवी स्याण्डी स्याम्सी हुनुहुन्छ ।

परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नयाँ पुस्ताले पुराना पुस्ताको अनुभव सीप सिकेर त्यसलाई परिमार्जन गरी अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले अनुभवले परिपक्व ज्येष्ठ नागरिकले देखाएको बाटोमा अहिलेका पुस्ता हिँड्नुपर्नेमा जोड दिँदै ज्येष्ठ नागरिकलाई सम्मान गर्ने नेपाली संस्कृति तथा परम्पराको संरक्षण गर्दै विश्वलाई सिकाउन आवश्यक रहेको बताउनुभयो ।

संस्थाका संस्थापक सागर कटुवालले वृद्ध तथा वृद्धालाई सम्मानका साथसाथै संस्थाले उनीहरुलाई विभिन्न सीपमूलक तालिम उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।

सार नेपालका अध्यक्ष आरती पौडेल कटुवालले नेपालमा दही चिउरा संस्कृतिको विशेष महत्व रहेकाले त्यसको संरक्षण तथा ज्येष्ठ नागरिकको सम्मान गर्न नेपाल बैंक लिमिटेडको सहयोगमा यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

कञ्चनपुर । बेलौरी नगरपालिका–६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी आफ्नै श्रीमान्को हत्या गरेकी छन् । आज बिहान २८ वर्षीया

काठमाडौं । प्रतिसनिधिसभा विघटनको मुद्दालाई सर्वोच्च अदालतको संवैधानिक इजलासले आज हेर्दाहेर्दैको पेसीमा राखेको छ । फैसला दिन ढिलाई हुँदा अदालत

म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीय स्थल मालिका धुरी जोड्ने पदमार्ग निर्माण भएको छ । गण्डकी प्रदेश