पाँच वामपन्थी पार्टीवीच कार्यगत एकता

१४ असार २०७१, शनिबार १६:०० मा प्रकाशित

काठमाडौं, १४ असार । एमाओवादीसहितका पाँच वामपन्थी पार्टीहरूवीच औपचारिक रुपमा कार्यगत एकता भएको छ ।
कुनै समय सँगै रहेका उनहरूका वीच पहिलो पटक कार्यगत एकता भएको हो । कार्यगत एकतामा रहेका परी थापा नेतृत्वको नेकपा (एकीकृत) बाहेकका अन्य तीन दलका नेताहरू तत्कालीन विद्रोही नेकपा (माओवादी)मा आबद्ध थिए ।
काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा–माओवादी अध्यक्ष मोहन बैद्य, नेकपा (माओवादी)का संयोजक मातृका यादव, नेकपा (एकीकृत)का परी थापा र क्रान्तिकारी कम्युनिष्ट पार्टीका संयोजक मणि थापाले कार्यगत एकताको घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा पाँच दलवीच भएको सात बुँदे उद्देश्य पनि सार्वजनिक गरिएको थियो । उद्देश्यमा भावी संविधानका अन्तरवस्तुमा साझा धारणा बनाउने, शान्ति प्रक्रियाका बाँकी काम, राष्ट्रियता, जनतन्त्र, जनजीविका र भ्रष्टाचारलगायतका विषय राखिएको छ । उनीहरूले पार्टी एकताका लागि आवश्यक वैचारिक बहस गर्दै जाने पनि जनाएका छन् ।
कार्यगत एकता समितिको संयोजकको जिम्मेवारी चक्रीय प्राणालीका आधारमा हुने छ । समितिको बैठक महिनामा एक पटक अनिर्वाय वस्ने जनाइएको छ ।
यसैवीच, एमाओवादीका अध्यक्ष दाहालले नयाँ संविधानका लागि आफूहरूले कार्यगत एकता गरेको बताएका छन् । ‘नयाँ संविधानका लागि कार्यगत एकता गरिएको हो’, उनले भने, ‘संविधानका लागि राजनीतिक सहमति जुटाउँछौँ ।’
नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले जनता र दलहरूका वीच विश्वासको वातारण निर्माण गरेर अघि बढ्ने बताए । उनले भने, ‘हाम्रो एकतासँगै मुलुक पनि हाम्रो बनाउँछौँ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर भएपछिको परिस्थितिबारे नेकपाको दाहाल-नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल शुरु गरेको छ ।

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ । सो समूहको