नेपालको आर्थिक विकासमा अमेरिकाले सहयोग बढाउने

४ जेष्ठ २०६९, बिहीबार ११:४६ मा प्रकाशित

काठमाडौ, ४ जेठ । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेलिसीबीच भेटवार्ता भएको छ । अध्यक्ष दाहालको निवास लाजिम्पाटमा विहान भएको भेटमा संविधान निर्माण प्रक्रियामा माओवादीले खेलेका भूमिकाको राजदूत डेलिसीले प्रशंसा गर्नुभएको थियो । नेपाल नयाँ युगमा प्रवेश गर्दै गरेको र नेपाललाई सबै विदेशी मित्रले सहयोग गर्नुपर्ने र नेपालको आर्थिक उन्नतिमा अमेरिकी सरकारको सहयोग अगाडि बढाइने विश्वास राजदूत डेलिसीले अध्यक्ष दाहाललाई दिलाउनुभएको प्रचण्डका प्रेस संयोजक सन्तोष पौडेलले जानकारी दिनुभयो । माओवादी अध्यक्ष दाहालले एमाओवादी पार्टीले जनताको पक्षमा संविधान निर्माण गर्दै देशलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन प्रतिबद्ध रहेको बताउनुभएको थियो । भेटमा राजदूत डेलिसीले एमाओवादी पार्टीलाई अमेरिका सरकारले केही समयभित्रै आतङ्ककारीको सूचीबाट हटाउने विश्वास दिलाउनुभएको थियो । भेटमा संविधान निर्माण, सहमतीय सरकार निर्माण तथा आर्थिक समृद्धिको योजना तथा अमेरिकी सहयोगका बारेमा कुराकानी भएको दाहालका प्रेस संयोजक पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन भदौ १६ बाट गर्ने भएको छ । यो निर्धारित मितिभन्दा ९ दिन ढिलो

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३८४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। पाँच पूर्वप्रधानमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई पार्टीको बैठकबाट मात्र होइन, महान्यायाधिवक्तामार्फत धम्क्याएको बताएका छन् । उनीहरूले शनिवार

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५)