गोमन सर्पले टोक्दा महिलाको मृत्यु

१३ असार २०७१, शुक्रबार १९:२० मा प्रकाशित

गौशाला, १३ असार । महोत्तरी जिल्लाको बथनाहा गाविसमा गोमन सर्पले टोक्दा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बथनाहा–३ बस्ने सुकन कापडकी पत्नी ५० वर्षीया चन्द्रकलादेवी कापड रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तरकारी टिप्न भनी घरनजिकै रहेको बारीमा गएकी कापडलाई तरकारीकै जरामा लुकिबसेको गोमन सर्पले बिहीबार टोक्दा मृत्यु भएको प्रहरी निरीक्षक एकवाल हवाडीले बताए ।
सर्पले टोकेर गम्भीर भएकी कापडलाई उपचारका लागि जिल्ला अस्पताल जलेश्वर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद