संयुक्त सङ्घर्ष समितिको आह्वानमा आज नेपाल बन्द आह्वान

४ जेष्ठ २०६९, बिहीबार ०९:०७ मा प्रकाशित

काठमाडौ, ४ जेठ । राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि भन्दै संयुक्त संघर्ष समितिले अह्वान गरेको नेपाल बन्दले आज विभिन्न देशभरको जनजीवन प्रभावित भएको छ । क्षेत्री, ब्राम्हण, दसनामी, सन्यासी, ठकुरी, दलितलगायतलाई आदिवासीमा सुचीकृत गर्नुपर्ने माग गर्दै समितिले अनिश्चितकालका लागि नेपाल बन्द आह्वान गरेको हो । समितिले विभिन्न स्थानमा बसोबास गर्दै आएका जातिको पहिचान सहितको अधिकार सुनिश्चित हुनुपर्ने पनि माग राखेको छ । सरकारसँग वैशाख २९ गते भएको वार्तामा जेठ ३ गने भित्र मागको मागको सुनुवाइ गर्ने र उनीहरुलाई  आदिवासीमा सुचिकृत गर्ने मैखिक सहमति गरेको भएपनि मागको संवोधन नगरेको भन्दै  बन्द गर्नुपरेको ठकुरी महासंघका अध्यक्ष मोहनविक्रम साहले जानकारी दिनुभयो । बन्द सफल पार्न बन्दकर्ताहरु चोकचोकामा भेला भएका छन् ।  काठमाडौं उपत्यकामा भने बन्दको कम प्रभाव परेको छ । निजि सवारी साधन चलेका छन् भने पसलहरु पनि खुलेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९:३० बजे

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी