संविधान निर्माणका लागि मोर्चा गठनः दाहाल

१३ असार २०७१, शुक्रबार १४:१२ मा प्रकाशित

विराटनगर, १३ असार । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पाँच पार्टीबीच १२ बुँदे शान्ति सम्झौता र अन्तरिम संविधानको मर्मअनुसार संविधान निर्माणका लागि कार्यगत एकता भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष दाहालले यस सम्बन्धमा भोलि काठमाडौंमा पत्रकार सम्मेलन गरी मोर्चा गठन गर्नुपर्नाको उद्देश्यबारे प्रष्ट पार्ने बताए ।

उनले कांग्रेस, एमाले र एमाओवादीको सहमतिअनुसार नै संविधानसभामा प्रतिनिधित्व गर्ने दल र बाहिर रहेका दल सबैको सहभागितामा संविधान निर्माण गर्नुपर्नेमा आफूहरु एकमत रहेको जानकारी दिए ।

अध्यक्ष दाहालले अहिले राष्ट्र गम्भीर मोडमा रहेको बताउँदै त्यसलाई निकास दिन आफ्नो पार्टीभित्र गम्भीर छलफल एवम् बहस चलिरहेको हुनाले त्यसलाई विवाद भन्न नमिल्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी