सहमतिको मस्यौदालाई उपसमितिले आज अन्तिम रुप दिने

४ जेष्ठ २०६९, बिहीबार ०९:०५ मा प्रकाशित

काठमाडौ, ४ जेठ । भावी संविधानको विवादित विषयबारे तयार पारिएको सहमतिको मस्यौदालाई विवाद समाधान उपसमितिले आज अन्तिम रुप दिने भएको छ । विवादित विषयमा सहमतिको प्रस्ताव तयार गर्न अस्ति बसेको दलहरुको बैठकलले सात सदस्यीय कार्यदल गठन गरेको थियो । उपसमितिअन्तर्गतको कार्यदलले विवादित सबै विषयहरुमा सहमति कायम गर्न नसकेपछि सहमति भएका विषयहरुमा मात्रै मस्यौदा तयार पारेर हिजो उपसमितिलाई बुझाएको थियो । कार्यदलले तयार पारेको सहमतिको मस्यौदालाई अन्तिम रुप दिन र सहमति नभएका विषयको बारेमा छलफल गर्न विवाद समाधान उपसमितिको बैठक दिउँसो १ बजेपछि सिंहदरवारमा बस्नेछ । नेपाली काङ्ग्रेस उपसभापति रामचन्द्र पौडेलले कार्यदलले तयार पारेको सहमतिको मस्यौदालाई परिमार्जनसहित आजको उपसमितिको बैठकले पारित गर्ने बताउनुभयो । सङ्घीय संरचना, स्थानीय सरकारको स्वरुपलगायतका विषयमा कार्यदलमा सहमति जुट्न नसकेपछि ती विषय उपसमितिले नै निर्णय गर्ने गरी फिर्ता भएका छन् । १ सय १७ वटा विवादित विषयहरुमा सहमतिको प्रस्ताव तयार पार्ने जिम्मा कार्यदललाई दिइएको थियो । नागरिकता, अल्पसङ्ख्यकलाई अधिकार दिने लगायतका विषयहरुमा सहमति जुटाउन कार्यदल असफल भएको छ भने राष्ट्रपति र प्रधानमन्त्रीमा कार्यकारी अधिकार बाँडफाँड गर्नेबारे सहमति हुन नसकेपछि कार्यदलले यसबारेमा सुझाव मात्रै पेश गरेकोछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

काठमाडौं । सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार साझ बसेको मन्त्रिपरिषदको बैठकले

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले