रोजेको थरमा महिलालाई राहदानी

१३ असार २०७१, शुक्रबार ०८:०४ मा प्रकाशित

काठमाडौं, १३ असार । विवाहित महिलाले रोजेको थरबाट राहदानी लिन पाउने भएका छन्। काठमाडौं स्कुल अफ लका तर्फबाट झापाकी उमादेवी कार्कीले दायर गरेको मुद्दामा पुनरावेदन अदालत पाटनले राहदानीमा महिलाले रोजेको थर राख्न पाउने फैसला सुनाएको छ।

न्यायाधीशद्वय डम्बरबहादुर शाही र द्वारिकामान जोशीको संयुक्त इजलासले कार्कीलाई पतिको थर राखेमात्र राहदानी दिन मिल्ने भनी जिल्ला प्रशासनले जारी गरेको निर्देशन गैरकानुनी ठहर गर्दै निवेदकले इच्छाएको थर राखेर राहदानी दिनुपर्ने फैसला गरेको हो।

अदालतले विवाह भई अर्को जिल्लामा गएका महिलाले जन्मथरका आधारमा समेत राहदानी लिन नेपालको कानुन र नेपाल पक्ष भएका सन्धि र महासन्धिले अधिकार दिएकाले सोहीअनुरुप गर्नु भनी जिल्ला प्रशासन कार्यालयका नाममा परमादेश जारी गरेको छ।

पुनरावेदनले जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख वसन्तराज गौतमको निर्णय उत्प्रेषण आदेशले बदर हुने निर्णयसमेत सुनाएको छ।

झापामा जन्मिएर २०६१ सालमा काठमाडौंका रामेश्वर लामिछानेसँग विवाह गरेकी कार्कीले २०७० चैत १२ गते राहदानीका लागि दिएको निवेदनमा प्रमुख जिल्ला अधिकारी गौतमले विवाह भएको आधारमा बेजिल्लाबाट माइतीको थरमा नागरिकता दिन नमिल्ने लिखित जानकारी दिएका थिए।

अदालतको फैसलासँगै महिलाले विभिन्न स्थानमा हुने विज्ञापन, नागरिकता निर्माण र अन्य सरकारी कार्यमा समेत जन्मथरकै आधारमा निवेदन दिनसक्ने भएका छन्। नागरिक दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै