व्यवस्थापिका संसदको हिउँदे अधिवेशन आजदेखि

४ जेष्ठ २०६९, बिहीबार ०९:०४ मा प्रकाशित

काठमाडौ, ४ जेठ । व्यवस्थापिका संसदको ११ औं अधिवेशन आज बोलाइएको छ । राष्ट्रपति डा रामबरण यादवले हिउँदे अधिवेशनको लागि पठाएको पत्र वाचनपछि अधिवेशन सुरु हुनेछ । राष्ट्रपति यादवले व्यवस्थापिका–संसद्को एघारौं अधिवेशन २ दिनअघि आव्हान गर्नुभएको थियो । नेपालको अन्तरिम संविधान २०६३ को धारा ५१ को उपधारा (१) बमोजिम दिउँसो ४ बजेको लागि राष्ट्रपतिले संसद् अधिवेशन बोलाउनु भएको हो । राष्ट्रपतिको आह्वानपछि व्यवस्थापिका–संसद् सचिवालयले नयाँवानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु हुने अधिवेशनमा भाग लिन व्यवस्थापिका संसदका सबै सदस्यलाई आग्रह गरेको छ । संविधान लेखन प्रक्रिया छोट्याउन हिउँदे अधिवशन सुरु हुन लागेको हो । अधिवेशन सुरुसँगै अन्तरिम संविधानको धारा ७० संसोधनको बाटो खुल्ला हुनेछ । यद्यपी आजको पहिलो बैठक सुरुवात भएर औपचारिकतामा सीमित हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

काठमाडौं । सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल(वीर)को प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. जागेश्वर गौतमलाई हटाएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रीस्तरीय निर्णय

काठमाडौं । मन्त्रिपरिषद् विस्तार र सरकारका न्युनतम साझा कार्यक्रम तय गर्न आज सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदैछ । नेकपा

कैलालीकी रुपकला विक बैंकमा कार्यरत कर्मचारी हुनुहुन्छ । उहाँको चार महिनाको बच्चा छ । सुत्केरी भएको दुई महिना बिदा सकेर